न्यौपानेको 'गुलाबी उमेर’

काठमाडौँ — नयाँ पुस्ताको मनोविज्ञान टिपेर अमर न्यौपानेले उपन्यास लेखेका छन्– ‘गुलाबी उमेर’ । राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आख्यानकार कृष्ण धरावासी र अभिनेत्री केकी अधिकारीले पुस्तक लोकार्पण गरे ।

न्यौपानेको 'गुलाबी उमेर’

धरावासीले न्यौपाने बहुआयामिक व्यक्तित्व भएको दाबी गर्दै उपन्यासमा किशोरीहरूको शरीरमा आउने परिवर्तन, अनुभव, प्रेमलगायतलाई समेटिएको बताए । ‘पुस्तकले लेखकलाई धारमा राखेको छ,’ उनले भने, ‘पाठकको प्रतिक्रियाअनुसार लेखकको तारिफ हुने वा खस्कने दुवै सम्भावना छ ।’


अभिनेत्री अधिकारीले भने उपन्यास पढ्दा आफ्नो गुलाबी उमेरको अनुभव ताजा भएको बताइन् । ‘किशोरीहरूमा उमेरअनुसार हुने परिवर्तन र उनीहरूको मनोविज्ञानलाई पुस्तकमा पाएँ,’ उनले भनिन् । यौन जिज्ञासा, महिनावारीजस्ता समाजमा नउठाइने विषयसँगै अश्लीलता र श्लीलताको घेरामा बसेर उपन्यासमा शब्द चयन गरिएको उनले बताइन् ।


जीवन र ध्यानको समागमबाट हृदयले जन्माउने सन्तानको नाम ‘गुलाबी उमेर’ भएको लेखक अमर न्यौपानेले बताए । संसारमा महिलाले पुरुषलाई र पुरुषले महिलालाई बढी बुझ्ने भएकाले महिलासम्बन्धी पुस्तक लेखेको उनले बताए । उनले ‘गुलाबी उमेर’ आँखा चिम्लिएर उमेर घटाउँदै लेखेको किताबको रूपमा लिए । पुस्तक फाइन प्रिन्टले छापेको हो ।

प्रकाशित : भाद्र २२, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?