हरिहर देव पन्त स्मृति पुरस्कार पत्रकार बेल्बासेलाई

काठमाडौँ — पत्रकार विष्णु बेल्वासेले हरिहरदेव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार पाएका छन् । डा. हरिहर देव पन्त फाउन्डेसनले स्थापना गरेको उक्त पुरकार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले शनिबार बेल्वासेलाई प्रदान गरेका हुन् । 

हरिहर देव पन्त स्मृति पुरस्कार पत्रकार बेल्बासेलाई

दुई दशकदेखि पत्रकारितामा कलम चलाउँदै आएका बेल्बासेलाई पुरस्कार स्वरूप ५० हजार रुपैयाँ नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो । लघुवित्तका पिताका रूपमा मानिने पन्तको स्मृतिमा उक्त फाउन्डेसनले प्रत्येक वर्ष एकजना आर्थिक पत्रकार वा संघसंस्थालाई पुरस्कृत गर्दै आएको छ ।


यस्तै पन्त लघु उद्यमशील पुरस्कार प्रदेश १ की उत्कृष्ट लघुउद्यमी पनिया चौधरी र प्रदेश २ कलैया १८ मोतीसरकी विद्यावती देवी साहलाई राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणि शिवाकोटीले पुरस्कार स्वरूप ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरे ।


पन्त लघुउद्यमशील पुरस्कार कार्यक्रम अन्तर्गत प्रदेश ३ की उत्कृष्ट लघुउद्यमी शिवकुमारी केसी र गण्डकी प्रदेशमा लघुउद्यमको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शोभा कुमारीलाई पुरस्कारस्वरुप ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । प्रदेश नम्बर ५ की सुरमी मल्लाह, कर्णाली प्रदेशकी खैरुन निशा र सुदूरपश्चिम प्रदेशकी ज्ञानीदेवी चौधरीले उत्कृष्ट लघुउद्यमीको रुपमा ३० हजार राशिसहित सम्मान पत्र पाए ।

प्रकाशित : भाद्र २१, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?