कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दिइयो मोती

काठमाडौँ — नेपाली साहित्यमा शृंगारिक धारको सुरुआतकर्ता मानिन्छ मोतीराम भट्टलाई । छोटो समय बाँचे पनि नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा उनको ठूलो योगदान छ । उनै श्रष्टाको सम्मानमा स्थापित युवा वर्ष ‘मोती’ पुरस्कारबाट यस पटक काभ्रेका श्रष्टा फूलमान वल र धनकुटाका शंकर चापागाईं (धनकुटे कान्छा) सम्मानित भए ।

दिइयो मोती

१५४ औं मोती जयन्तीको अवसरमा शुक्रबार संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरे । नेपाल शिक्षा परिषद्द्वारा आयोजित समारोहमा कवि वल र चापागाईंले संयुक्त रूपमा ५० हजार रूपैयाँ र स्वर्णपदक पाए ।


राष्ट्रिय युवा सेवा कोषले २०४२ बाट दिँदै आएको पुरस्कार यस वर्ष वल र चापागाईंले पाएका हुन् । कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा–साहित्यको प्रवर्द्धनका लागि मोतीरामको जस्तै कार्य गर्ने प्रतिभालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको बताए । कोषका कार्यकारी सदस्य हरि शर्माले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जनाए ।


सोही अवसरमा यसै वर्ष दिवंगत भएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलनसमेत गरिएको थियो । समस्या पूर्ति कविताका लागि संस्कृतिविद् जोशीले ‘त्यो जुरेली चरीको’ शीर्षकको चार लाइन छन्द कविता दिएका थिए । त्यसैमा झन्डै दुई दर्जन कविले कविता सुनाएका थिए ।

प्रकाशित : भाद्र १५, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?