तीन स्रष्टा सम्मानित

काठमाडौँ — मोतीजयन्तीको अवसरमा मञ्जुश्री साहित्यिक समाजले तीन स्रष्टालाई सम्मान गरेको छ । सम्मानित हुनेमा रमेश खकुरेल, सीताराम अधिकारी र श्रीहरि फुयाँल रहेका छन् ।

तीनै जना व्यक्तित्वलाई एसपी आसा र बमबहादुर थापा जितालीले सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित स्रष्टाको जीवनी र व्यक्तित्व र कृतित्वका साथै युवाकवि मोतीराम भट्टका विषयमा कोशराज न्यौपाने, प्रह्लाद पोखरेल, मुकुन्द पथिकलगायतका स्रष्टाहरूले बोलेका थिए ।



प्रकाशित : भाद्र १५, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?