कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

‘ती दिनहरु’ विमोचित

ललितपुर — झण्डै ८० वर्ष अघिको पूर्वी पहाडी समाज र जनजीवनको झल्को उत्रने गरी भीमप्रसाद गुरागाईले लेखेको संस्मरणात्मक कृति ‘ती दिनहरु’ बजारमा आएको छ । शुक्रबार लतिपुरमा आयोजित एक समारोहबीच पाका पत्रकार भैरव रिसालले कृतिको विमोचन गरे ।

‘ती दिनहरु’ विमोचित

बुवाको मुख हेर्ने साइतमा बिमोचित कृतिका बारेमा बोल्दै पत्रकार रिसालले ‘भोजपुरतिरको सहअस्तित्व र समावेशीपना भरिएको तत्कालिन समाजका बारे’ गुरागाईको कृतिमा खुराक भेटिने बताए । ‘बूढा भएका बाआमालाई मीठाइ होइन, बरु हटवाटर–ब्याग र तातो कम्बल दिनुको धेरै अर्थ रहन्छ,’ उमेरमा ९२ कटिसकेका पत्रकार रिसालले ८८ वर्षीय लेखक गुरागाईतिर हेर्दै भने ।


भोजपुरपछि मोरङ झरेर बस्दै आएका गुरागाईलाई २०५८ सालमा मस्तिष्कश्राव भएपछि काठमाडौं मोडेल अस्पतालका चिकित्सक वसन्त पन्तले अपरेसन गरेर पुर्नजीवन पाएका लेखकले आफूले पाएको दोस्रो जन्ममा पनि लेखेरै कृतज्ञता जनाएका छन् । समारोहमा सहभागी डा.पन्तले ‘यसरी आफ्ना बाआमाका अनुभवलाई किताब रुपमा ल्याउनु आफैंमा सहृानीय काम’ भनी मन्तव्य राखे ।

लेखक एवं चिकित्सक डा.सरोज धितालले गुरागाईको कृतिमा ८० वर्षयताको नेपाली समाजको एक हिस्सा उल्लेख भएको भन्दै यो कृति समाजशाश्त्र र मानवशास्त्रका विद्यार्थीलाई पनि उपयोगी हुने बताए । कृतिमा पुरातन नेपाली समाजमा महिलाको स्थितिका बारेमा पर्याप्त जानकारी रहे पनि त्यसबेलाको वर्ग व्यवस्था र शोषणको चित्र समेटिन नसकेको टिप्पणी उनले गरे ।

लेखक नारायण ढकालले त्यसबेलाको समाजमा ब्राम्हण जातीको अवस्था र इतिहासबारेमा किताब बढी खुलेको धारणा राखेका थिए । लेखक गुरागाईले पुस्तक लेख्ने अथवा पुराना दिन सम्झनेमा आफूलाई त्यति रुचि नभए पनि छोराहरुको जोडबलले पुस्तक तयार भएको बताए ।


‘भोजपुरतिरको डााडाकााडामा उकालीओराली गर्दा र पछि आसामतिर बरालिँदाको स्मृतिलाई पुस्तकमा समेटिएको छ,’ गुरागाईले भने । लेखकका छोरा एवं उज्यालो नेटवर्कका अध्यक्ष गोपाल गुरागाईले ‘बुबाले भागेका र देखेका कुराहरुलाई पुस्तकको आकारमा उतारिएको’ बताए । संस्मरणात्मक कृति ‘ती दिनहरु’ बुलबुल पब्लिकेसनले प्रकाशित गरेको हो ।

प्रकाशित : भाद्र १४, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?