कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बृहत साहित्यको ठेली 

ललितपुर — नेपाली लोकसाहित्य, प्रारम्भिक काल, माध्यमिक काल र अनुवादको विधागत अनुसन्धानसहितका पक्षमा लेखिएको ‘जगदम्बा नेपाली साहित्यको वृहत इतिहास’ सार्वजनिक भएको छ ।

बृहत साहित्यको ठेली 

नेपाली साहित्यको ठेली नामाकरण गरिएको यो साहित्यिक अनुसन्धानमा प्राध्यापक चुडामणि बन्धुले ‘नेपाली लोक साहित्य र विधागत अनुसन्धानको इतिहास’, प्राध्यापक दयाराम श्रेष्ठले ‘प्रारम्भिक कालको नेपाली साहित्यको पूर्वपीठिका’ तथा बलराम अधिकारीले ‘नेपालमा अनुवादको इतिहास’ बिषयमा समीक्षासहितको विस्तृत विवरण प्रस्तुत गरेका छन् ।

यसैगरी, ठेलीमा ‘नेपाली साहित्यको माध्यमिक कालको इतिहास’ विषयमा कमलमणि दीक्षित र नारायण गड्तौलाले संयोजन गरेको सामग्री समेटिएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार नेपाली साहित्यको बृहत इतिहासमा पाँचवटा ठेली प्रकाशित हुनेछन् ।

शुक्रबार आयोजित समारोहमा प्राध्यापक बासुदेव त्रिपाठीले बिमोचन गरेको ‘दोस्रो ठेली’ झण्डै १ हजार पृष्ठमा समेटिएको छ । समारोहमा प्राध्यापक दयाराम श्रेष्ठले ‘नेपाली साहित्यिक इतिहासका अप्ठ्यारा र अस्पष्टतालाई बुझ्न सघाउ हुने गरी’ साहित्यिक ठेलीको संयोजन गरिएको बताए ।

‘नेपाली साहित्यमा बृहत इतिहासको खााचो देखिएकाले यो खाल्डो पुर्न साहित्यिक ठेलीका परियोजना अघि सारिएको हो,’ठेलीका प्रधान सम्पादक डा.माधवप्रसाद पोखरेलले भने—‘यो ठेलीको तेस्रो भागमा नेपाल बाहिरको नेपाली साहित्यको इतिहास प्रकाशित हुने क्रममा छ ।’

प्रस्तावित पाँचवटा ठेलीको लेखनकार्यमा नेपाल र बाहिरका गरी ८५ जना लेखकको संलग्नता रहने जनाइएको छ । यसअघि, बृहत इतिहासको पहिलो ठेलीमा ‘नेपाली भाषा, व्याकरण र अभिलेखीय ब्याकरणको इतिहास’ शीर्षकमा कृति प्रकाशित भैसकेको छ ।

प्रकाशित : भाद्र १४, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?