२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

यूएसटीएएनको ‘उर्नी’ मुखपत्र सार्वजनिक

काठमाडौँ — विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपाल (यूएसटीएएन)को मुखपत्र ‘उर्नी’ को पहिलो अंक सार्वजनिक गरिएको छ ।

यूएसटीएएनको ‘उर्नी’ मुखपत्र सार्वजनिक

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र एसोसिएसनका अध्यक्ष रामकुमार बान्तावाले पत्रिका सार्वजनिक गरेका हुन् । समाजवादी शिक्षालाई विद्यालयदेखि विश्वविद्यालय शिक्षाको चर्चा गरिएको छ । यसमा १९ जना राजनीतिज्ञ र शिक्षाविद्को विचार आलेख संलग्न गरिएको छ ।


प्रकाशन समिति संयोजक डा. विदुर चालिसेले ‘उर्नी’ शब्द धिमाल भाषाबाट लिइएको र यसको अर्थ ‘एकतारे बाजा’ भएको बताए ।

विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपाल (युएसटीएएन)को मुखपत्र ‘उर्नी’ को पहिलो अंक सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र एसोसिएसनका अध्यक्ष रामकुमार बान्तावा ।


प्रकाशित : भाद्र १३, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?