१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रविधिलाई प्रोत्साहन गर्न पुरस्कार 

काठमाडौँ — विज्ञान तथा प्रविधि क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्न नइ प्रकाशनले पुरस्कार स्थापना गरेको छ । समाजसेवीद्वय भागीरथा प्रसाईं र विष्णुभक्त प्रसाईंका सम्मानमा एक लाख रुपैयाँ र ताम्रपत्र सहितको ‘नइ भावि पुरस्कार’ स्थापना गरिएको विज्ञप्तिमा जनाइएको छ । 

प्रविधिलाई प्रोत्साहन गर्न पुरस्कार 

विज्ञान तथा प्रविधिक्षेत्रमा उत्कृष्ट योगदान दिने एक जना प्रसिद्ध व्यक्तित्वलाई ताम्रपत्रका साथ हरेक यो पुरस्कार प्रदान गरिने बताइएको छ । पुरस्कार अक्षय कोषका लागि विष्णुभक्त प्रसाईंले १२ लाख रूपैयाँ प्रदान गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


विज्ञप्ति अनुसार विष्णुभक्त प्रसाईंले २०१६ सालमा तेह्रथुमको आठराई संक्रान्ति बजारमा सर्वप्रथम कम्युनिष्ट पार्टीको झन्डा गाडेर विद्रोह गरेका थिए । साथै २०२९ सालको झापा आन्दोलनका प्रमुख पात्रमध्येका शिवप्रसाद शिवाकोटी र रामनाथ दाहालको सहयोगीका रूपमा पनि प्रसाईंले काम गरेका थिए ।

प्रकाशित : भाद्र १०, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?