कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेशलाई ‘खेमराज स्रष्टा सम्मान’ 

काठमाडौँ — जनगायक रामेशलाई ‘खेमराज स्रष्टा सम्मान’ प्रदान गरिएको छ । लोकप्रिय गायक स्व. खेमराज गुरुङको तेस्रो स्मृति दिवसको अवसर पारेर शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेमराज गुरुङ ट्रस्टले रामेशलाई नगद ५० हजार रुपैयाँ र प्रमाण पत्रसहित सम्मान प्रदान गरेको हो ।

रामेशलाई ‘खेमराज स्रष्टा सम्मान’ 

विगत ५ दशकभन्दा लामो समयदेखि जनपक्षीय गीत, संगीतमार्फत पुर्‍याएको योगदानको उच्च कदर रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ । रामेश गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटी आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल गायक हुन् ।


त्यस्तै ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार सुसन लामालाई प्रदान गरेको छ । उनी काभ्रेको चौरी देउराली गाउँपालिकाका लामा २०४७ सालमा प्रतिभाको डबलीमार्फत सिर्जना यात्रामा लागेका हुन् ।


कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङ, गायक राजेश पायल राई लगायतको उपस्थिति थियो ।

प्रकाशित : भाद्र ६, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?