३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

न्यौपानेको हाडको डोको बजारमा 

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार तथा लेखक दामोदर न्यौपानेको बालबालिका लक्षित पुस्तक ‘हाडको डोको’ बजारमा आएको छ । चित्रकथाको यो पुस्तक बालमनोविज्ञानमा आधारित छ । 

न्यौपानेको हाडको डोको बजारमा 

पुस्तकमा डोको देखेको तर यो केबाट बन्छ भनेर थाहा नपाएका एक बालकको कथा छ । यसमा चित्र प्रदिप बहिंग राइले कोरेका छन् । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको होृ । न्यौपानेको यो छैठौं पुस्तक हो भने बालकथाको चाहिं दोस्रो हो ।


यस अघि ट्यालेन्ट शो बालचित्र कथा लेखेका थिए । उनका कर्म : सिकाइमा गहिरिएको खाडल, स्वर्णीम समय, स्कुल बेच्न बालक जस्ता बालमनोविज्ञानमा आधारित पुस्तक सार्वजनिक भएका छन् ।


एम्बुसमा ६ वर्ष उनको पहिलो पुस्तक हो । सम्पदामा केन्द्रित सातौ पुस्तक बजारमा आउने तरखरमा रहेको न्यौपानेले जानकारी दिए ।


प्रकाशित : भाद्र ३, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?