२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

लिटरेचर फेस्टिभल मंसिरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण आउँदो मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने आइतबार बुकवर्म फाउन्डेसनले बताइएको छ ।

महोत्सवमा भारतीय लोकसभाका सांसद एवं लोकप्रिय साहित्यकार शशी थरुर, गीतकार एवं कवि जाभेद अख्तर, अभिनेत्री शबाना आज्मीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, कलाकारको उपस्थिति रहने फाउन्डेसनले जनाएको छ ।


हजारौं साहित्यकार साहित्यप्रेमीको जमघट हुने महोत्सव देशकै महत्त्वपूर्ण उत्सवका रूपमा मनाउँदै यसै अवसरमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट तथा गरिमामय डीएससी पुरस्कार प्रदान गर्न लागिएको फाउन्डेसनका निर्देशक अजित बरालले बताए । दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको पुरस्कार २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) रहेको छ ।


‘डीएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रूपमा उभ्याउन मद्दत पुर्‍याउनेछ,’ निर्देशक बरालले भने । पुरस्कारको घोषणा फेस्टिभलको अन्तिम दिन गरिने छ ।


सन् २०१६ को डीएससी पुरस्कार श्रीलंकाको ग्याली लिटरेअरीमा, २०१७ को बंगलादेशस्थित ढाका लिटरेअरीमा र २०१८ को भारतको कोलकत्ता लिटरअरी मिटमा घोषणा गरिएको थियो । २०११ मा झम्सीखेलस्थित ज्ञान मण्डलाको सानो आँगनबाट सुरु भएको लिटरेचर फेस्टिभल चौथो संस्करणसम्म काठमाडौंमा गरिएको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?