१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) पुरस्कृत हुने भएका छन् । 

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

पुरस्कार छनोट समितिको बिहीबारको बैठकले गरेको निर्णय फोनिज सचिवालयको शुक्रबारको बैठकले अनुमोदन गरेको विज्ञप्तिमार्फत जनाएका छन् । फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ छ ।

प्रकाशित : श्रावण २४, २०७६ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?