२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'लालटिनको उज्यालोमा' पुस्तक एमाजोनमा

काठमाडौँ — चर्चित पुस्तक 'लालटिनको उज्यालोमा' अब अन्तर्राष्ट्रिय सपिङ्ग साईट एमाजोनमा उपलब्ध भएको छ । सरस्वती ज्ञवालीद्वारा लिखित उक्त पुस्तक शनिबारदेखि एमाजोनमा राखिएको हो । एमाजोन डटकममा लालटिनको उज्यालो सर्च गर्दा पुस्तक भेटिन्छ । 

'लालटिनको उज्यालोमा' पुस्तक एमाजोनमा

हाललाई अमेरिकामा तत्काल डेलिभरी गर्न मिल्ने गरी राखिएको पुस्तकको मूल्य १६ डलर छ । लेखक ज्ञवालीले अमेरिका लगायत संसारका धेरै देशका पाठक तथा शुभचिन्तकहरुको सल्लाहअनुसार पुस्तक एमाजोनमा राखेको बताइन् ।


नारीको संघर्ष र राजनीतिक चेतना लगायत विषयमा पुस्तक केन्द्रित छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नीसमेत रहेकी लेखक ज्ञवालीको गत सालको चर्चित पुस्तक हो ।


प्रकाशित : श्रावण ४, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?