१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पुस्तकमा मेचे

काठमाडौँ — अनुसन्धाता सन्तलाल मेचेले ‘तराईका आदिवासी मेचेको परिचय (द मेचे ः अ तराई इथ्नोग्राफी)’ पुस्तक प्रकाशनमा ल्याएका छन् । मेचे भाषा तथा साहित्य परिषद्द्वारा प्रकाशित पुस्तक अंग्रेजी भाषामा रहेको छ । यसलाई नेपालीमा समेत प्रकाशन तयारी गरिएको जनाइएको छ । लेखकको मेचे समुदायसम्बन्धी यो चौथो पुस्तक हो ।

पुस्तकमा मेचे समुदायबारे स्थलगत अध्ययनका आधारमा अनुसन्धान तथा मानवशास्त्रीय सिद्धान्तमा विश्लेषण गरिएको छ । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागअन्तर्गत विद्यावारिधि शोधार्थीसमेत रहेका लेखक मेचेले नेपाल र भारतमा रहेका मेचे जातिको तुलनात्मक अध्ययन गरेका हुन् ।


लेखकका यसअघि ‘मेचे इतिहास र संस्कृति’, ‘मेचे–नेपाली–अंग्रेजी शब्दकोश’ पुस्तक प्रकाशित छन् । त्यस्तै, उनैको लेखन तथा सम्पादन रहेको मेचे भाषाको कक्षा–१ को पाठ्यपुस्तक ‘जङ्नि राउ’ (हाम्रो भाषा) प्रकाशित छ ।


सरकारको तथ्यांकअनुसार १० लोपोन्मुख आदिवासी जनजातिमध्ये मेचे एक हो । पछिल्लो राष्ट्रिय जनगणना अनुसार देशमा ४ हजार ८ सय ६७ मेचे रहेका छन् । नेपालमा मेचे जातिको मुख्य बसोबास स्थल झापा जिल्ला हो । भारतको पश्चिम बंगाल तथा असममा धेरै ठूलो जनसंख्या मेचेहरू रहेको पाइन्छ । उनीहरूलाई मेच, बोदो र कछारी भनेर पनि चिनिन्छ ।

प्रकाशित : असार २३, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?