२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मुक्तकसँगै दहि चिउरा 

काठमाडौँ — असार महिनासित लोक साहित्यसित पनि साइनो छ । काँठका किसानहरू असारे भाका गाउँदै रोपाइँमा व्यस्त भइरहेको बेला सहरका श्रष्टाहरूले भने गजल सुनाउँदै दही–चिउरा खाए ।

मुक्तकसँगै दहि चिउरा 

नेपाल मुक्तक प्रतिष्ठानले नियमित मुक्तकवाचनको १७ औं शृंखलालाई असार १५ को सन्दर्भ पारेको हो ।


अनामनगरस्थित मिडिया इन्टरनेसनलमा सम्पन्न कार्यक्रममा श्रष्टाहरू जैनेन्द्र जीवन, रामकाजी कोने, चित्रकार किरण मानन्धर, राधेश्याम लेकाली, वियोगी बुढाथोकीलगायतले ‘असार १५’ को महत्त्व र लोकसाहित्यको महत्त्व प्रकाश पारे ।


‘एक प्रकारले असार १५ लोक उत्सव हो,’ प्रतिष्ठानका अध्यक्ष कोनेले भने, ‘गजल साहित्य मार्फत यसलाई प्रवर्द्धन गर्न खोजेका हौं ।’ दही–चिउरा खाँदै गजल सुनाउनेहरूमा रमेश पौडेल, उदास कार्की, एलिसा एकलास, किरण दर्पण, भगवती बस्नेत, पारू स्मृति, प्रकाश बस्नेत गफाडी, प्रकाश घायल, सन्तोष अम्गाई, सुनील अधिकारी, रवीन्द्र आशिष शैली, शिवराम खडका, निर्मल रमण पराजुली, चापाहाङ चेमेजोङ, लव गाउँले, बादल घिमिरेलगायत थिए ।


प्रकाशित : असार १६, २०७६ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?