६ कविलाई पुरस्कार र पदक 

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा गत वर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेताहरुलाई मंगलबार राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेकी छन् । महोत्सवमा प्रथम भएका कवि फूलमान वललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई जनही २० हजार रुपैयाँ रजत पदक हस्तान्तरण गरेकी हुन् । 

६ कविलाई पुरस्कार र पदक 

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी रहेका प्रथम प्रोल्लास सिन्धुलिया र द्वितीय सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरिन् । समारोहमा भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गर्दै मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट योगदान दिँदै आएको बताइन् । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले वि.सं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको बताए ।


सदस्य सचिव जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताए । काव्य विभागका प्रमुख हेमनाथ पौडेलले यस वर्षदेखि वाचनलाई पनि मूल्यांकनको आधार बनाइने जनाए ।

प्रकाशित : असार ३, २०७६ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?