कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्रष्टा र सिर्जनामा वल

काठमाडौँ — चुरेभावर क्षेत्रबाट ठीक माथि पर्छ महाभारत पर्वत शृंखला । तामाङ समुदायको घना बसोबास रहेको काभ्रे, सिन्धुली र मकवानपुरको महाभारत क्षेत्रमा केकस्तो परिवर्तन आइरहेको छ ?

स्रष्टा र सिर्जनामा वल

बिहीबार राजधानीमा कवितामार्फत प्रस्तुत गर्दै थिए कवि फूलमान वल । सांस्कृतिक संस्थानको एकल कविता वाचन शृंखला ‘स्रष्टा र सिर्जना’ मा यसपटक कवि वल प्रस्तुत भएका हुन् । उनले विभिन्न विषय र भावका एक दर्जन कविता सुनाए ।


उनले ‘महाभारतकी मैंच्याङ’, ‘आजका मान्छे’, ‘शीतलहर’, ‘बुद्धसँग जम्काभेट’, ‘दोस्रो जुनी’, ‘इन्द्रेणी गीत’, ‘वाग्मतीको आत्मलाप’, ‘भ्यालेन्टाइन्स डेको जुन’, ‘निद्रा’, ‘भुइँचालो’ लगायतका कविता सुनाए । एक कथासंग्रह, एक कविता संग्रह र दुई नाट्य कृतिका सर्जन वलका कवितामा सौम्य र शालीन व्रिदोही चेतना पाइने लेखक एवं राजनीतिकर्मी रघुजी पन्तले बताए । उनले रूसी साहित्यकार पुस्किनको उदाहरण दिँदै वलका कवितामा भिन्नै शैली, भूगोल र चेतना पाइने दाबी गरे ।


कवितामाथि समीक्षा गर्दै वासुदेव अधिकारीले वलका कवितामा तामाङ समाजको सजीव चित्रण भेटिने बताए । वलका सिर्जना र व्यक्तित्वमाथि कवि अनिल पौडेल, खेम नेपाली, संस्कृतिविद् खगेन्द्र राई, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, कवि अनिता लामालगायतले प्रकाश पारेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?