पुस्तकमा बेलायती वित्तीय परिवेश 

काठमाडौँ — लामो समयदेखि बेलायतको अर्थतन्त्रसँग निकट रहेका कार्य गरेका अर्थ व्यवस्थापनविद् विकलचन्द्र आचार्यको नयाँ पुस्तक 'बेलायतको वित्तीय अबलोकन' छिट्टै पाठकसामु आउने भएको छ । 

पुस्तकमा बेलायती वित्तीय परिवेश 

पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउन्ड स्टर्लिङको अवस्था, सम्पत्ति शुद्धीकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रको विविध विषय समावेश छ ।


बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रूपमा सिक्न सक्ने कुराहरू धेरै भएको र यसको लागि आफ्ना सुझावहरू पनि किताबमा लेखिएको कुरा लेखक आचार्यले बताए । विश्वको एक शक्तिशाली वित्तीय केन्द्र रहेको बेलायतको भित्री गहिराइमा पुगेर लेखिएको यस किताबले बेलायतको वास्तविक वित्तीय परिवेश बुझ्न सरल हुने पनि आचार्य बताउँछन् । बेलायतको वित्तीय क्षेत्रले संसारभरि प्रभाव पार्ने गरेकोले राजधानी लन्डन आर्थिक केन्द्र रहिआएको छ ।


बेलायतमा मात्रै दिनमा औसत करिब २.७३ टि्रलियन (२०७३ अर्ब) डलर बराबरको विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४०.९ प्रतिशत हो । अमेरिकाको डाओ जोन्स र नस्डाकपछि लन्डन स्टक मार्केट आउँछ ।


बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर विसं २०५० मा बेलायत आएका हुन् । बेलायतमा उच्च शिक्षा अध्ययन गरेका आचार्यले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनका चार अरु पुस्तकहरू प्रकाशित भइसकेका छन् । गोरखा बजारमा ४५ वर्षअघि जन्मेका आचार्य सानै उमेरमा बेलायत आए पनि लेखनमा भने क्रियाशील छन् ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?