१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘योगमाया’ अब रंगमञ्चमा

काठमाडौँ — योगमाया नेपाली माझ परिचित नाम भए पनि उनको जीवनकाल र योगदानका बारेमा कमै मात्र जानकार छन् । अब भने योगमायाको जीवनकाललाई रंगमञ्चमा हेर्न पाइने भएको छ ।

‘योगमाया’ अब रंगमञ्चमा

नीलम कार्की निहारिकाले लामो अध्ययन र अन्वेषणपछि योगमायाको जीवनकालमा आधारित रही लेखेको पुस्तक ‘योगमाया’ लाई नै आधार बनाई रंगकर्मी टंक चौलागाईंले नाट्य रूपान्तरण गरी मन्चन गर्ने भएका हुन् । नाटकको निर्देशन पनि चौलागाईंले नै गर्नेछन् ।


योगमायाले दासप्रथा, सतिप्रथा, बालविवाह, छुवाछुत, थिचोमिचो र भेदभावजस्ता कुरीति, विसंगति र विकृतिविरुद्ध आवाज उठाएकी थिइन् । उनले धर्मका अपव्याख्या र विसंगतिलाई खुलेरै विरोध गरिन् । निहारिकाले ‘योगमाया’ कै लागि मदन पुरस्कार पनि जितेकी थिइन् ।


यतिबेला रिहर्सल भइरहेको नाटकमा भने प्रकेश सिन्धुलीयको सहनिर्देशन र सुरज तमुको कोरियोग्राफी रहने बताइएको छ । स्कुल थिएटर नेपाल र सांग्र्रिला फाउन्डेसनको प्रस्तुति रहने नाटकको मुख्य भूमिकामा कलाकार मिथिला शर्मा देखिँदै छिन् । उनी लामो समयपछि रंगमञ्चमा योगमायाको चरित्रका आउन पाउनुलाई अवसरका साथै चुनौती पनि रहेको स्वीकार गर्छिन् ।


सहयोगी संस्था काठमाडौं प्रज्ञाकुञ्ज स्कुलको परिसरमा अभ्यास भइरहेको सो नाटकमा मिथिलासँगै राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रल्हाद खरेल, श्याम खडा, प्रकेश सिन्धुलीय, राज न्यौपाने, सुरज तमु, दीपिका ढकाल, सुमन कुइकेल, सरस्वती अधिकारी, सगुन पोखरेल, आकांक्षा जिसी, पुष्पराज अवस्थी लगायतका रंगकर्मीहरू हुनेछन् । ‘योगमाया’ जेठ २४ गते देखि असार १६ गते सम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा प्रस्तुत हुने जनाइएको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?