कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

आँबुखैरेनी वाङ्मय पुरस्कार यज्ञशको 'भुइयाँ' लाई प्रदान

हरिराम उप्रेती

गोरखा — आँबुखैरेनी  स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने आँबुखैरेनी  वाङ्मय पुरस्कार-२०७४ यज्ञशको गैर आख्यान कृति 'भुइयाँ' लाई प्रदान गरिएको छ । शनिवार तनहुँको आँबुखैरेनीमा भएको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले कृतिका लेखक यज्ञशलाई सम्मान गरेका हुन् ।  

आँबुखैरेनी वाङ्मय पुरस्कार यज्ञशको 'भुइयाँ' लाई प्रदान

पत्रकारिता र साहित्यिक लेखनको क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गर्दै सशक्त लेखनको माध्यमबाट दलित, उपेक्षित, सीमान्तकृत, भुँइमान्छेको कथा र उनीहरूको अधिकारको स्वरहरूलाई साहित्यमा उठाउँदै आएकाले साहित्यिक लेखनको उच्च सम्मान गर्दै गैर आख्यान कृति 'भुइयाँ'लाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।


त्यस्तै हास्य कलाकार उत्तम केसीलाई हास्य व्यंग्यतर्फको 'इन्द्रासन हास्य व्यंग्य पुरस्कार-२०७४' प्रदान गरिएको छ । प्रदेशका मन्त्री चुमानले दुवैलाई नगद १० हजार र प्रमाणपत्रले सम्मान र पुरस्कृत गरे । सोही अवसरमा २०७४ को 'महेश कुमार श्रेष्ठ प्रतिभा पुरस्कार' आँबुखैरेनी बहुमुखी क्याम्पस व्यवस्थापन संकायतर्फको २०७४ की उत्कृष्ट विद्यार्थी विमला सारु मगर पाएकी छन् ।


२०७० सालमा स्थापना भएको आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालमा अक्षयकोष स्थापना गरी सोही वर्षबाट साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट कृति वा व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।


२०७३ सालबाट भने हास्यकलाकारलाई सम्मान थालिएको स्रष्टा समाजका अध्यक्ष श्रेष्ठले बताए । 'आँबुखैरेनीको साहित्यिक पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास लिएका छौँ,' उनले भने ।

प्रकाशित : वैशाख २८, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?