कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संघीयतासम्बन्धी पुस्तक

काठमाडौँ — नेपाल, भारत र अमेरिकामा संघीय विवाद र निरूपण नामक पुस्तक बजारमा आएको छ । ललितपुरको पुल्चोकस्थित रेडियो कान्तिपुरमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वसभामुख दमननाथ ढुंगानाले रुद्र शर्माद्वारा लिखित उक्त पुस्तकको संयुक्त विमोचन गरेका हुन् ।

१० खण्डमा लेखिएको पुस्तकमा अमेरिका र भारतमा भएका संघीयताका अभ्यास उल्लेख गर्दै विवाद र निरुपणका उपाय सुझाइएको छ ।


पुस्तक विमोचन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले नेपालसहित भारत र अमेरिकाको संघीयताको विषय समेटिएकाले तुलनात्मक अध्ययन गर्न पुस्तक प्रभावकारी हुने उल्लेख गरे । पूर्वसभामुख ढुंगानाले संघीयता कार्यान्वयनलाई पुस्तकले मद्दत गर्ने बताए ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?