कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यज्ञशको 'भुइयाँ' लाई आँबुखैरेनी वाङ्मय पुरस्कार 

काठमाडौँ — आँबुखैरेनी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने आबुँखैरेनी वाङ्मय पुरस्कार २०७४ को लागि यज्ञशको गैर आख्यान कृति 'भूइयाँ लाई प्रदान गरिने भएको छ । सोमबार बसेको समितिको बैठकले छनौट समितिले सिफारिस गरेको कृति यज्ञशको भुइयाँलाई २०७४ सालको साहित्यतर्फको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य कलाकार उत्तम केसीलाई हास्य व्यङ्ग्यतर्फको ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’  प्रदान गर्ने निर्णय गरेको हो । 

यज्ञशको 'भुइयाँ' लाई आँबुखैरेनी वाङ्मय पुरस्कार 

दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेश कुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भएको छ ।

पुरस्कृत स्रष्टा यज्ञशको २०७४ मा फाइनप्रिन्टबाट प्रकाशित भुइयाले २०१८ को दुई लाख राशीको पहिचान पुरस्कार पाएको थियो भने मदन पुरस्कारको लागि अन्तिम मनोनयनमा परेको थियो ।। १७ वर्षदेखि पत्रकारितामा रहेका यज्ञश १० वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध छन् ।


इन्द्रासन पुरस्कारबाट पुरस्कृत हास्य कलाकार उत्तम केसी २०३८ सालदेखि रंगमञ्च क्षेत्रमा प्रवेश ३ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका केसी निरन्तर हास्यकलाकारको भूमिकामा अभिनय गर्दै आइरहेको छन् ।


रेडियो नेपालबाट प्रशारण हुने रेडियो रसरङ्ग कार्यक्रमको निर्देशन गरेका केसी २०४४ सालदेखि चलचित्र क्षेत्रमा प्रवेश गरी २५० भन्दा बढी चलचित्रमा हास्य अभिनेताको रुपमा अभिनय गरेका छन् ।


दुवै पुरस्कार यही वैशाख २८ गते शनिबार आँबुखैरेनीमा एक साहित्यिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?