कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टोखा साहित्य महोत्सव 

कान्तिपुर संवाददाता

काठमाडौँ — टोखा नगरपालिका र त्रियोग माविको आयोजनामा एक दिने 'टोखा साहित्य महोत्सव' सम्पन्न भएको छ । महोत्सवमा विद्यार्थीहरुले ओखलमा चिउरा कुट्ने, हाँडीमा मकै भुट्नेदेखि तान बुन्ने सम्मका मौलिक तथा परम्परागत कलासमेत प्रदर्शन गरेका थिए भने विभिन्न विद्यालयका प्रतिभाहरुले साहित्यिक सिर्जना सुनाएका थिए । पाका साहित्यकार दुर्गालाल श्रेष्ठले यस्ता साहित्यिक महोत्सवले बालबालिकाहरुमा साहित्यप्रति झुकाव बढ्ने दावी गरे । 

टोखा साहित्य महोत्सव 

त्रियोगका कार्यकारी निर्देशक अजित लामाले बालबालिकाहरुको सिर्जनात्मक विकासका लागि महोत्सव गरिएको बताए । स्रष्टाहरु नयनराज पाण्डे, दीपा बोहोरा, त्रेलोक्य बजगााई, सञ्जिबिनी योञ्जन, रोचक दाहाल, लोकनाथ गुरागााई, वासुदेव अधिकारीलगायतले बाल साहित्य सिर्जनाबारे प्रकाश पारेको महोत्सवमा कथा र कविता वाचन, चलचित्र, खेल तथा मनोरञ्जनात्मक प्रतिस्पर्धा, कार्यशाला, बहस, लेखक अन्तर्क्रिया तथा स्थानीय सांस्कृतिक गतिविधिहरु समेत गरिएको थियो । प्राचार्य निलाद्री परियालका अनुसार महोसत्वमा २८ भन्दा बढी विद्यालयबाट बालबालिकाहरुको सहभागिता रहेको थियो ।


महोत्सवमा ब्रिटिस काउन्सील, स्पोकन वर्डस, वन्यजन्तु संरक्षण नेपाल, बाल कला संग्रहालय तथा स्थानीय संघसंस्थाको समेत सहभागिता थियो । महोत्सवले बालबालिकाको प्रतिभा पहिचानमा समेत सघाउ पुर्‍याएको टोखा नगरपालिकाका प्रतिनिधि मधुसूदन पाण्डेले दावी गरे ।





प्रकाशित : फाल्गुन १२, २०७५ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?