आचार्यको संस्मरण

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता नरहरि आचार्य संस्मरणात्मक पुस्तकसहित आउने भएका छन् । ‘गणतन्त्रको यात्रा ः बन्दी वृत्तान्त’ चैत पहिलो साता बजारमा आउनेछ । 

आचार्यको संस्मरण

२०६१ मा राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि धेरै नेता–कार्यकर्तासँगै बन्दी बनाइएका आचार्यले त्यही बेला गरेको टिपोर्टलाई पुस्तकाकार दिएको प्रकाशक सांग्रिलाले विज्ञप्तिमा जनाएको छ ।


‘राजा ज्ञानेन्द्रको ‘कु’ पछि नेपाली राजनीतिको कोर्स परिवर्तन भयो,’ आचार्यले भनेका छन्, ‘माघ २१ गते मलाई पनि बन्दी बनाइयो । म बन्दी रहेको त्यही कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्‍यो र परिवर्तनको आधार तयार गर्‍यो । खास गरी गणतन्त्रको यात्रामा म हिँडेको बाटोका प्रसंग र सन्दर्भहरू पुस्तकमा स्मृतिका रूपमा समेटेको छु ।’

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?