३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कथा प्रतियोगितामा प्रथम हुनेलाई १ लाख

काठमाडौँ — बाह्रखरी बुक्सले देशव्यापी आधुनिक कथा लेखन प्रतियोगिताको घोषणा गरेको छ । प्रकाशन संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको विजेतालाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने बताएको छ ।

स्थापितदेखि नवप्रतिभासम्मले भाग लिन पाउने प्रतियोगितामा दोस्रो हुनेलाई ६० र तेस्रो हुनेले ४० हजार रुपैयाँका साथ प्रमाणपत्र पाउनेछन् ।


बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले कथा विधा साहित्यमा निकै महत्वपूर्ण भएपनि यसले धेरै महत्व नपाएको र नवप्रतिभाले पहिचान बनाउने धेरै माध्यमहरु नभएकाले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।


‘ट्यालेन्ट हन्ट’को शैलीमा गरिने बताइएको प्रतियोगिताको अन्तिम २५ मा पुग्न सफल कथाहरुलाई कथा संग्रहका रुपमा प्रकाशित गरिने बुक्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।


यो संग्रहमा पहिलो, दोस्रो र तेस्रोबाहेक संग्रहमा प्रकाशित हुने अन्य कथाकारलाई जनही ५ हजार पारिश्रमिक दिइने छ । फागुन २० गतेभित्र कथा पठाउने समय तोकिएको छ भने २०७६ वैशाख ६ गते विजेता घोषणा गरिनेछ ।

प्रकाशित : माघ २१, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?