१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयनराजलाई पूर्णिमा साहित्य रत्न

बाँके — उपन्यासकार नयनराज पाण्डेले पूर्णिमा साहित्य रत्न पुरस्कार प्राप्त गरेका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले उनलाई ११ हजार रुपैयाँ र सम्मानपत्र सहितको पुरस्कार दिएको हो ।

नयनराजलाई पूर्णिमा साहित्य रत्न

कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले पाण्डेलाई पुरस्कार हस्तान्तरण गरे । नेपाली भाषा तथा साहित्यमा योगदान पुर्‍याएबापत उनलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनायो । पाण्डेका उपन्यास ‘उलार’, ‘लु’, ‘घामकिरी’, ‘सल्लीपिर’ लगायत कृति प्रकाशित छन् ।


कार्यक्रममा पूर्वकप्तान एलबी क्षत्रीको आत्मकथा ‘कप्तान १९९८’ सार्वजनिकसमेत गरियो । पाण्डेले पुस्तकमाथि टिप्पणी गर्दै एलबीको आत्मकथा खेलकुद क्षेत्रको राम्रो पुस्तक हुनुका साथै फिल्म बनाउन मिल्ने रोचक कथाहरू रहेको दाबी गरे । ‘औपन्यासिक सौन्दर्य पनि पुस्तकको राम्रो पक्ष हो,’ उनले भने ।


‘पूर्णिमा साहित्य रत्न पुरस्कार’ बाट यसअघि गायक/गीतकार प्रेमप्रकाश मल्ल, कथाकार सनत रेग्मी, कवि/गीतकार दिनेश अधिकारी र कथाकार महेशविक्रम शाह सम्मानित भइसकेका छन् ।

प्रकाशित : पुस ३०, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?