१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुस्तकमा सहकारी अनुभव

काठमाडौँ — लामो समय सहकारी आन्दोलनमा समर्पित पूर्वमन्त्री केशव बडालले विभिन्न देशको सहकारी आन्दोलन, उपलब्धि र समृद्धिका कथाहरू समेटेर नयाँ पुस्तक ‘दिगो विकास लक्ष्यका लागि सहकारी : अन्तर्राष्ट्रिय अनुभव’ ल्याएका छन् ।

पुस्तकमा सहकारी अनुभव

पूर्व उद्योगमन्त्री बडालले पुस्तकमा अस्ट्रेलिया, क्यानडा, जापान, चीन, मलेसिया, फिलिपिन्स, भारत, क्युबा, अमेरिका, जर्मनी गरी देशको अनुभवलाई समेटेका छन् ।

उच्च स्तरीय भूमिसुधार आयोगका अध्यक्षसमेत रहिसकेका बडालले हाल सहकारी महासंघ नेपालका राष्ट्रिय अध्यक्षसमेत हुन् । उनले यसअघि ‘सहकारी सिद्धान्त र प्रयोग’, ‘भूमि र कृषिको अर्थराजनीति’, ‘भियतनाम, भूमिसुधार र औद्योगिक विकास’, ‘चीनको अर्थराजनीति र सहकारी’, ‘नेपालमा कृषि क्रान्ति भूमिसुधार र औद्योगिक विकास’, ‘समृद्ध अर्थतन्त्रका लागि सहकारी’ जस्ता खोजमूलक पुस्तकहरू निकालिसकेका छन् । पछिल्लो पुस्तक उनले विभिन्न मुलुक अध्ययन भ्रमणका क्रममा देखेका सहकारी सन्दर्भ समेटेका छन् ।

‘पुस्तकले विश्वव्यापी सहकारी आन्दोलन अहिले कसरी, कता र कुन दिशातिर निर्देशित भइरहेको छ भन्ने ज्ञान दिन्छ,’ पुस्तकबारे अर्थविद् पीताम्वर शर्मा भन्छन् । काभ्रे तेमाल–१ सस्र्युंखर्कमा जन्मेका बडालले ‘मुलुकको समृद्धिका लागि सहकारी मोडल उपयुक्त हुने’ दाबी गर्दै पुस्तकमार्फत विभिन्न देशको अनुभवलाई मुलुकको समृद्धिसित जोड्न चाहेको’ बताए ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?