१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मोती घोषणा

काठमाडौँ — यस वर्षको युवा मोती पुरस्कार कविद्वय केशव सिग्देल र चन्द्र रानहाछालाई प्रदान गरिने भएको छ ।

मोती घोषणा

राष्ट्रिय युवा कोषका अध्यक्ष कालीप्रसाद रिजालको अध्यतामा बसेको बैठकले सिग्देल र रानहाछालाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारमा संयुक्त रूपमा ५० हजार रुपैयाँ र स्वर्ण पदक रहेको छ । पुरस्कार भदौ २४ गते कवि तथा जीवनीकार मोतीराम भट्टको जन्म दिन पारेर प्रदान गरिने बताइएको छ ।

२०४२ मा स्थापना भएको पुरस्कार मोतीराम भट्टझैं लुकेका स्रष्टालाई बाहिर ल्याउने तथा सिर्जना दुवै क्षमता भएका साहित्यकारलाई प्रदान गरिँदै आएको छ । भट्टकै सम्झनामा ४० वर्षमुनिका युवा स्रष्टालाई यो पुरस्कार दिने गरिएको छ ।

हालसम्म ६५ जना स्रष्टा यो पुरस्कारबाट सम्मानित भइसकेका छन् । सिग्देलले भानुभक्तको रामायणलाई अंग्रेजीमा अनुवाद गरेका छन् भने रानहाछाको ‘चिबिया चराको गीत’ कविता कृति ल्याएका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?