‘सत्य खुलाउन पुस्तक लेखें’

काठमाडौँ — प्रथम महिला प्रधान न्यायाधीशको रूपमा बढी चिनिएकी सुशीला कार्कीका जीवनमा पनि थुप्रै उतारचढाव आए । उनी न्यायालयमा हुँदा महाअभियोगदेखि विभिन्न जटिल विवादमा मुछिइन् ।

‘सत्य खुलाउन पुस्तक लेखें’

राष्ट्रिय राजनीति नै तानिएका ती मुद्दामा उनी प्रश्नैप्रश्नको केन्द्रबिन्दुमा रहिन् । तिनै प्रश्नहरूको न्यायोचित जवाफ दिन सुशीलाले यति बेला आत्मकथा ‘न्याय’ ल्याउने भएकी छन् । बुकहिल पब्लिकेसनले मंगलबार पत्रकार सम्मेलन गरेर सुशीलाको पुस्तक भदौ अन्तिम साता सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

सुशीलाले आफूले आत्मकथा निकाल्नुुको कारण अरूलाई प्रेरणा दिन भएको उल्लेख गरेकी थिइन् । ‘आफूले भोगेको कुरा आफैंसँगै दबाएर राख्नुभन्दा खुला किताबमा ल्याउन सके आउने पुस्तालाई शिक्षा प्रदान हुन्छ,’ सुशीलाले भनिन् ।

पुस्तकमा उनले बाल्यकालदेखि आफू हुर्केको, बढेको र न्याय क्षेत्रमा बिताएका ४० वर्षका गतिविधिसमेत समेटेको बताइन् । पहिलो भागचाहि उनले प्रधानन्यायाधीश छँदा लागेको महाअभियोगको प्रस्ताव खण्ड रहेको छ । त्यसपछि मात्रै बाल्यावस्था उजागर गरेको उनले खुलाइन् । ‘पुस्तकमा मैले लेखेका सबै कुरा सत्य छन्,’ उनले भनिन्, ‘महाअभियोगजस्ता विवादको सत्य बताउन पनि मैले पुस्तक लेख्नै पर्‍यो ।’

पुस्तक निकाल्नुभन्दा अघि उनलाई द्विविधा रहेछ । गोपनीयताको कुरा खुल्छ कि भन्ने संवेदनशीलता उनमा थियो । तर, खराब कुराको गोपनीयता हँुुदैन भन्ने ठहर गर्दै उनले पुस्तक निकाल्ने सोच बनाएकी हुन् ।

न्यायालयभित्रका थुप्रै कमीकमजोरी औंल्याउनु, आफ्नो पालामा कस्ता मुद्दा आए र तिनीहरूको न्यायोचित समाधान कसरी गरियोजस्ता विषय पुुस्तकमा समेटेको सुशीलाले बताइन् ।

लोकमान प्रकरण र फास्ट ट्रयाकदेखि १० वटा जटिल मुद्दा सल्टयाउन निकै ठूलो साहस जुटाउनुपरेको अनुुभव सुशीलाले पुस्तकमा ल्याएकी छन् । गंगामाया अधिकारी र डा. गोविन्द केसीको कार्यक्रममा न्यायाधीश बोल्दा आएको विवाद कोटयाउँदै सुशीलाले एउटा न्यायाधीश मानवअधिकारको पक्षमा बोल्न र बुुझ्न पाउने कि नपाउने भन्ने विचार राखेकी छन् ।

केही साताअघि मात्रै उनका पति एवं राजनीतिज्ञ दुुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’ प्रकाशनमा आएको थियो । यद्यपि सुशीलाले आफ्नो पुस्तकमा दुुर्गाका अनुुभव नजुध्ने गरी प्रकाशन गरिने दाबी गरिन् । ‘यो मेरो निजी अनुुभवको दस्तावेज हो,’ उनले भनिन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?