३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मिथिलाका १० स्रष्टा सम्मानित

जनकपुर — मैथिली भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा योगदान दिएबापत आइतबार जनकपुरमा १० स्रष्टा सम्मानित भएका छन् ।

मिथिलाका १० स्रष्टा सम्मानित

मैथिली साहित्यकार सभाको सातौं वार्षिकोत्सवमा कवि नरेश ठाकुरलाई ‘मञ्चीय शीर्ष कवि सम्मान’, मधुश्रावणी कथा लेखिका शान्तिदेवीलाई ‘गार्गी साहित्य सम्मान’, पत्रकार तथा साहित्यकार उपेन्द्र भगत नागवंशीलाई ‘भाषा अभियानी सम्मान’, युवा कवि राजेश महतोलाई ‘पाथेय युवा साहित्य सम्मान’ तथा कवियत्री हंसमुखी कर्णलाई ‘बाल साहित्य सम्मान’ प्रदान गरिएको हो ।

यसैगरी मैथिली गीत तथा संगीतको क्षेत्रमा योगदान दिने गायक नवीन मिश्र, गायिका संगीता देव, हारमोनियमवादक वीरेन्द्रकुमार झा, तबलावादक शम्भु साह तथा नालवादक ललन झालाई ‘मैथिली कला सम्मान’ प्रदान गरियो । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पुरस्कार हस्तान्तरण गरे । मन्त्री साहले मैथिली भाषा तथा संस्कृतिको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?