कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संगीत–नाट्य १५ कृति

काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ११ औं प्राज्ञ सभा राजधानीमा आइतबार सम्पन्न भएको छ ।

संगीत–नाट्य १५ कृति

यसपटकको सभामा प्रतिष्ठानले निकालेका दर्जनभन्दा बढी कृतिहरूको पनि लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आइतबार प्राज्ञ सभाको उद्घाटन गर्दै पुस्तकहरूको लोकार्पण गरेका हुन् ।

लोकार्पित कृतिहरूमा वरिष्ठ संगीतकार अम्बर गुरुङको स्मृति ग्रन्थ, ‘नेपाली संगीतमा नारी’, ‘हिमानी नाट्य मीमांसा’, ‘मैथिली नाटक संग्रह’, ‘समाज परिवर्तनमा संस्कृतिकर्मी’, ‘दीना भद्री गाथा’, ‘गल्लै लाहुरे लोक गीत’, ‘नेपालको रंगमञ्च विगत र आगत’ सँगै नेपालका सातै प्रदेशका प्रदर्शनकारी कलाको प्रादेशिक अनुसन्धानका छुट्टाछुट्टै पुस्तक ‘नेपालका प्रदर्शनकारी कला’ गरी १५ वटा कृति रहेका छन् ।

आधुनिक नेपाली संगीतलाई गुणात्मक रूपमा प्रवद्र्धन गर्न योगदान पुर्‍याएका दिवंगत संगीतज्ञ अम्बर गुरुङबारेको पुस्तकमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला, नाट्यकर्मी प्रचण्ड मल्ल लगायत विभिन्न क्षेत्रका ७६ जनाका संस्मरण समेटिएको छ । त्यस्तै ‘नेपाली संगीतमा नारी’ पुस्तकमा अहिलेसम्म नेपाली नारी स्रष्टाहरूले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदान समेटिएको छ । नेपाली गीत–संगीत, लोक नाट्य परम्परामा भेगीय, जातीय, आञ्चलिक जस्ता विविधतालाई ‘नेपालका प्रदर्शनकारी कला’ पुस्तकमा समेटिएको छ ।

‘दीना भद्री गाथा’ तराईको लोपोन्मुख गाथा समेटिएको छ भने ‘मैथिली नाटक संग्रह’मा वरिष्ठदेखि अहिलेसम्मका मैथिलीभाषी रंगकर्मीहरूको रचना समेटिएको छ । मन्त्री अधिकारीले सरकार ‘भौतिक प्रगति मात्रै नभई देशको कला, संस्कृति, संगीत, नाटक विधा लगायतको पनि संरक्षण, संवद्र्धनमा लागिपर्ने’ दाबी गरे । कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्तले मन्त्री अधिकारीलाई प्रतिष्ठानको चार वर्षे प्रगति विवरण समेत हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानका कुलपति सरुभक्तले चार वर्षको कार्यकालको अनुभव सुनाउँदै प्रतिष्ठानको संरचना विवाद अन्त्य गर्न मन्त्री अधिकारीसमक्ष माग गरे । ‘प्रतिष्ठानको आफ्नो
हल, प्रेक्षालय नहुँदा भाडामा मागेर कार्यक्रम गर्नुपरेको छ,’ उनले भने, ‘आफ्नै संरचना भयो भने प्रतिष्ठानले प्रभावकारी रूपमा काम गर्न सक्छ ।’

त्यस्तै मन्त्री अधिकारीले वरिष्ठ संगीतकर्मी गोपालनाथ योगी, नाट्यकर्मी हरिहर शर्मा, शकुन्तला गुरुङ शर्मा, अशेष मल्ल, शक्तिबल्लभ, कवि विजय बजिमय, डा. अरुण सायमी, राजेश थापा, डा. बमबहादुर थापा जिताली, सावित्री मल्ल कक्षपति, गायिका देविका वन्दना, सहदेव ढुंगाना, तारावीर सिंह तुलाधर, शम्भुकुमार लामा, रमण घिमिरे, राजु केसी, राजेन्द्र शाह, वसन्तकुमार चौधरी, अमृतहीरा तुलाधर, प्रकाश गुरुङ, भैरवनाथ रिमाल कदम, शिवशंकर थापा, खगेन्द्र राई, विकासनाथ योगी, मनोहर सुनाम, न्ह्यू बज्राचार्य, भूमिका लिम्बू सुब्बा, खर्कबहादुर बुढा, डम्बर परियार, टीकादेवी भण्डारी, मनराज नकर्मी, पूर्णविक्रम अधिकारी, यम बराल, अमुल कार्की ढली, रत्नदेवी गुरुङ, प्रकाश गम्भीर सिंह रायमाझी, लीला बाँस्कोटा, मनोजराज शिवाकोटी, भरतलाल लामा र एसपी कोइरालालाई स्रष्टा तथा कलाकार परिचयपत्र समेत वितरण गरे ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?