कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीरगन्जमा नेपाल-भारत साहित्य महोत्सव 

भूषण यादव

वीरगन्ज — नेपाल-भारत साहित्य महोत्सव आइतबारदेखि आर्थिक नगरी वीरगन्जमा सुरु भएको छ । दुई दिने महोत्सवको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गमलामा वृक्षारोपण गरी उद्घाटन गरेका थिए । 

वीरगन्जमा नेपाल-भारत साहित्य महोत्सव 

मुख्यमन्त्री राउतले साहित्यक महोत्सवले दुई देशको सम्बन्ध झन प्रगाढ बनाउने विश्वास लिएको बताए । ‘साहित्यको कुनै सीमा हुँदैन,’ मुख्यमन्त्रीले भने, ‘साहित्यबिना जीवन उधुरो छ । साहित्यमार्फत समाजलाई नयाँ दिशातर्फ मोड्न सकिन्छ ।’


नेपालमै धेरै विद्वान साहित्यकार जन्मिए पनि भाषाको कारण अन्तर्राष्ट्रिय ख्याति नपाएको मुख्यमन्त्रीले धारणा राखेका थिए । उनले अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यलाई विस्तार गर्नुपर्नेमा जोड दिए । साहित्य गम्भीर र चिन्तनको विषय भएको बताउँदै मोबाइल फोनमा व्यस्त भएको आजको पुस्ता साहित्यकार बन्नेमा चिन्तासमेत प्रकट गरे । महोत्सवले दुवै देशको भाषा र संस्कृति बुझ्न सजिलो हुने उनले बताए ।


भारत हरिद्धारका सहित्यकार योगेन्द्र शर्माले महोत्सवले साहित्य, संस्कृत्ति, धर्म, समाज, राष्ट्रियता जोड्ने काम गरेको उल्लेख गरे । नेपालका साहित्यकार डा. ध्रुवचन्द्र गौतम र भारतीय साहित्यकार शर्मालाई महोत्सवमा विशेष सम्मान गरिएको थियो । शर्माले आगामी डिसेम्बर महिनामा हरिद्धारमा आयोजना हुने साहित्य महोत्सवमा नेपाली साहित्यकारलाई निमन्त्रणासमेत दिए ।


कार्यक्रमका संयोजक गणेश लाठले वीरगन्ज आन्दोलन र बन्दको सहर मात्र नभई यहाँ साहित्यक महोत्वसपनि हुनसक्छ भनि देखाउनलाई कार्यक्रम आयोजना गरिएको बताए ।


महोत्सवमा नेपाल र भारतका २ सय ५० साहित्यकार सहभागी भएको आयोजकले जनाएका छन् ।

प्रकाशित : श्रावण २७, २०७५ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?