२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

‘हामी’ मा कुन्ता र अविनाश

काठमाडौँ — पुरानो मानसिकताको नेपाली समाजमा ‘पोथी कुखुरा’ बास्नु अपशकुन मानिन्छ । केही गरी बासिहाल्यो भने त्यसलाई मारिन्छ । कवि कुन्ता शर्माले एकदिन यस्तै दृश्य देखिन् । ओथारो बसिरहेको कुखुरा उनको आँखै अघि मारियो । यो घटनापछि कुन्ताको कवि मनले एउटा कविता जन्मायो– ‘पोथी बास्नु हुँदैन’ ।

‘हामी’ मा कुन्ता र अविनाश

‘हामी कवि र कविता’ को ५६ औं शृंखलामा कुन्ताको यही कविताले पुन: वाहवाही बटुल्यो । उनीसँगै प्रस्तुत भए कवि अविनाश श्रेष्ठ । कुन्ताको कवितामा पोथी कुखुराको मात्रै नभई त्यो सँगै समाजमा महिलाहरूले भोग्नुपरेको उत्पीडनका विरुद्ध आवाज उठाइएको थियो । ‘आमा’ शीर्षकको कविताबाट कुन्ताले वाचन शृंखला सुरु गरेकी थिइन् । त्यसपछि उनले ‘बीउ कुहियो’, ‘बुवाको मुख हेर्ने दिनमा’, ‘घाइते भूमिका नानीहरू’, ‘कमसेकम सपना त देख’ र ‘धातु’ कविता सुनाइन् ।

दोस्रो चरणमा प्रस्तुत भएका कवि अविनाशले नयाँ–पुराना कविता सुनाए । उनले वरिष्ठ कवि तथा गीतकार हरिभक्त कटवाललाई समर्पित गरेर लेखेको कविता ‘परेवा सेता काला’ सुनाए । अनि हरिभक्तसँगको याद साट्दै भने, ‘आसाममा सानैदेखि कविता पाठ गर्न सिकाइन्छ । हरिभक्त दाई साह्रै राम्रो कविता पाठ गर्नुहुन्थ्यो । गोरखापत्र पढदा पनि कविता वाचन गर्नुभइरहेछ झैँ लाग्थ्यो ।’

अविनाशले पर्यावरण र वातावरणसँग सम्बन्धित कविता ‘पञ्च महाभूत’ कविता सुनाए । उनले ‘विद्रोह’, ‘सपना’, ‘माछा’, ‘मेरी आमा’, ‘कुन्नी कुन अपरिचित गाउँकी नैनारा बरुवा’, ‘आङ्निमा जब तान बुन्छे’, ‘खलनायक’ र ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ कविता सुनाए ।

प्रकाशित : वैशाख २, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?