कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

वाङ्देललाई ‘जसराज’

काठमाडौँ — भारत सिक्किमका कवि बिरु वाङ्देल राजधानीमा सम्मानित भए । शुक्रबार जसराज किराती साहित्य प्रतिष्ठान नेपाल–बेलायतले वाङ्देललाई ‘जसराज किराती साहित्य पुरस्कार २०७४’ दिएको हो ।

वाङ्देललाई ‘जसराज’

वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले वाङ्देललाई ५० हजार २ रुपैयाँ र ताम्रपत्र हस्तान्तरण गरे ।

मोफसलमा बसेर साहित्य सिर्जनामा योगदान दिएका कवि जसराज किरातीको नाममा स्थापित प्रतिष्ठानले तीन वर्षदेखि पुरस्कार प्रदान गर्दै आएको छ । ‘भारत र नेपालका नेपाली भाषी साहित्यकार राजनीति, सम्प्रभुको हिसाबले भिन्न भए पनि भाषा र संस्कृतिका हिसाबले एक हौँ,’ नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत् वाङ्देललाई पुरस्कृत गरेको जसराजले जनाए ।

कवि जसराजका साहित्यिक सिर्जनाको खोजअनुसन्धान, संरक्षण, सम्बद्र्धन एवं प्रकाशन गरी प्रवद्र्धन गर्ने उद्देश्यले चार वर्षअघि नेपाल र बेलायतमा रहेका शुभचिन्तक तथा आफन्तजनहरूको सक्रियतामा प्रतिष्ठान स्थापित गरेको देवान किरातीले बताए । जसराजबारे समालोचक तथा कवि गीतकार डा. विष्णु राई र वाङ्देलबारे कवि एवं प्राज्ञ श्रवण मुकारुङले चर्चा गरे ।

वाङ्देलका ‘आहट मानेभञ्ज्याङको’ र ‘कसाईको बस्तीमा’ दुई कविताकृति तथा लेख, समीक्षा एवं प्रबन्ध विधाका तीन गरी पाँच कृति र दुई गीति एल्बम प्रकाशित छन् । साथै वाङदेलले सम्पादन र राजनीतिक विश्लेषणसमेत गर्दै आएको प्राज्ञ मुकारुङले बताए । प्रतिष्ठानले कवि मनु मञ्जिल र श्रवण मुकारुङलाई पुरस्कृत गरिसकेको छ ।

प्रकाशित : चैत्र २५, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?