२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चेतना संरक्षणद्वारा पाँच विधामा पुरस्कार घोषणा

देवनारायण साह

मोरङ — विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले पुरस्कारको घोषणा गरेको छ । साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र ललितकला विधामा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यस वर्ष पुरस्कृत हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । 

चेतना संरक्षणद्वारा पाँच विधामा पुरस्कार घोषणा

समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना आमाबुवाको सम्झनामा स्थापित धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ समालोचक लक्ष्मण गौतमलाई प्रदान गरिने भएको छ । यस्तै, ‘बालकिसन /नर्वदादेवी मुन्धडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’धर्मसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका मणिराज जोशीलाई प्रदान गर्ने भएको प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कार समाजसेवी देवकिशन मुन्धडा र देवेनरा परिवारले स्थापना गरेको हो ।


समाजसेवी दीनबन्धु गोयल र उषादेवी गोयलले आफ्ना दाजुको सम्झनामा स्थापना गरेको ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’समाजसेवी एवं एबीसी नेपालका अध्यक्ष दुर्गा घिमिरेलाई, वरिष्ठ टेलिभिजन पत्रकार दुर्गानाथ शर्मालाई ‘नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष गंगा सुवेदीले बताइन् । साहित्यकार गंगा सुवेदीले आफ्ना आमाबुवाको सम्झनामा स्थापना गरेको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरिने भएको छ । पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा माघमा समारोह गरी प्रदान गरिने अध्यक्ष सुवेदीले बताइन् ।


पाँचवटै विधाका पुरस्कारको राशि ५१/५१ हजार रुपैयाँको छ ।


२०६१ सालमा स्थापना भएको प्रतिष्ठानले मासिक रुपमा साहित्यिक कार्यक्रम, त्रैमासिक रुपमा ‘चेतना सन्देश’ साहित्यिक पत्रिका प्रकाशन र स्थानीय टेलिभिजनको सहकार्यमा साप्ताहिक कार्यक्रम ‘चेतना प्रवाह’५ वर्षदेखि सञ्चालन गर्दै आएको छ भने पाँच विधामा पुरस्कारसमेत प्रदान गर्दै आएको हो ।


प्रकाशित : पुस १६, २०७४ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?