२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘द होप’ लिएर मरहठ्ठा

न्युयोर्क — सञ्चारकर्मी किरण मरहठ्ठा पुस्तक ‘द होप’ सहित आएका छन् । हालै टेक्सासको अस्टिनमा समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तक लोकार्पण गरे । ग्रेटर अस्टिन नेपाली समाजले गरेको कार्यक्रममा फिल्मकर्मी नारायण पुरीले पुस्तकको समीक्षा गरे ।

‘द होप’ लिएर मरहठ्ठा

पत्रकार झरना नहर्की, रविन पिया र सुरज भण्डारीले पनि पुस्तकबारे टिप्पणी गरे । आयोजक संस्थाका अध्यक्ष देवराज न्यौपाने, लेखक मोहन सिटौला र राजेश्वर निरौलाले लेखकलाई बधाई दिए । लेखक मरहठ्ठाले पुस्तकमा समावेश विषयवस्तुबारे प्रकाश पार्दै नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रका करिब २५ जना अगुवाहरूको विचार समेटिएको बताए । पुस्तक डिकुरा पब्लिकेसनले छापेको हो । 

प्रकाशित : जेष्ठ २८, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?