कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–अफ्रिका साहित्य समाज गठन

काठमाडौं — अफ्रिका महादेशमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको प्रचारप्रसार एवं प्रवद्र्धन गर्न नेपाल–अफ्रिका साहित्य समाजको गठन भएको छ ।

 
अफ्रिकामा नेपाली कला साहित्यसम्बन्धी कार्यक्रम आयोजना गर्ने, नेपाली साहित्यका पुस्तकहरू प्रकाशन गर्ने एवं अफ्रिकी–नेपाली साहित्यलाई अनुवादमार्फत एकअर्कामा फैलाउने उद्देश्य राखेर यो संस्था गठन गरिएको संयोजक हिक्मत थापा (नाइजेरिया) ले जानकारी दिएका छन् । समाजको कार्यसमितिमा कृष्णदत्त भट्ट (केन्या), शिव पौडेल (तान्जानिया), गणेश खड्का (सेसेल्स) र तेजेन्द्र विवश (युगान्डा) छन् । 

गत डिसेम्बरमा तान्जानियाको दार–ए–सलाममा आयोजित गैरआवासीय नेपाली सम्मेलनमा नियात्राकार जीवा लामिछानेको कृति ‘सरसर्ती संसार’ विमोचनका क्रममा यो समाजको प्रारुप गठन गर्नेबारे निर्णय भएको संयोजक थापाले बताए । समाजले काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसहितका साहित्यिक–प्राज्ञिक निकायसँग समेत समन्वय राख्ने भएको छ । 

प्रकाशित : वैशाख ५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?