कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मृति परिषद्‌मा नयाँ

काठमाडौं — वासु शशी स्मृति परिषद्‌मा वरिष्ठ साहित्यकार/संगीतकार गणेश रसिकको अध्यक्षतामा नयाँ कार्य समिति आएको छ । उपाध्यक्षमा हिरण्यकुमारी पाठक, सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान छन् भने सदस्यहरूमा ध्रुव मधिकर्मी, रमेश रेग्मी र नीना जोशी छन् ।

परिषद् सल्लाहकारमा वरिष्ठ कवि कालीप्रसाद रिजाल, साहित्यकार डा. कुमारबहादुर जोशी, गायक योगेश वैद्य तथा संरक्षकमा श्रीमती जुलुम वैद्य रहेका छन् । विज्ञप्तिअनुसार, परिषद्ले आगामी चैत १३ गते वरिष्ठ कवि/नाटककार वासु शशीको ८१ औँ जन्मजयन्तीे अवसर पारेर कवि गोष्ठीको आयोजना गर्ने भएको छ । २०५० मा स्थापित परिषद्ले हालसम्म डेढ दर्जन स्रष्टालाई पुरस्कृत र एक दर्जन स्रष्टालाई सम्मानित गरिसकेको छ ।

प्रकाशित : चैत्र ३, २०७३ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?