चट्ट देखिन जुम्बा डान्स

‘गह्रौँ व्यायाम गर्दा शरीरलाई होला र खाना घटाउँदा कमजोरीले छोप्ला भन्ठान्ने हामीजस्तालाई जुम्बा डान्स ठिक रहेछ ।’
अमृता अनमोल

बुटवल — शारीरिक रूपमा तन्दुरुस्त हुन सबैलाई मन पर्छ । उमेर बढदै जाँदा सहरियाहरूमा मोटाउने र भुँडी बढ्ने समस्या छ । फुर्तिलो देखिन धेरैले खाना कटौती गर्ने गर्छन् । कोही बिहान हिँड्छन्, खेल्छन् । पछिल्लो पटक सहरमा यस्ता समस्याले पिरोलिएका व्यक्तिका लागि नयाँ उपाय आएको छ( जुम्बा डान्स । 

बुटवलको सी इनर्जी महिला फिटनेस केन्द्रमा जुम्बा डान्स गर्दै महिला । तस्बिर : अमृता/कान्तिपुर


बुटवलका युवायुवती यही उपायतिर आकर्षित भइरहेका छन् ।‘फिटनेस सेन्टरभन्दा यो राम्रो लाग्यो,’ मनीषा श्रेष्ठले सुनाइन्, ‘नाच्न’नि पाइने, स्वस्थ’नि भइने † खानामा कटौती गर्न नपर्ने । गज्जब रहेछ ।’

बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढिरहेकी मनीषाले स्लिम र आकर्षक देखिन जुम्बा गरिरहेको बताइन् । सहरको केन्द्र ट्राफिकचोकमा अहिले जुम्बा डान्सको केन्द्र खुलेको छ ।
जुम्बा डान्समा गीत अनुसारका क्रियाकलाप हुन्छन् ।

अंग्रेजी, स्पेनी आदि गीत बजेसँगै हात फैलाउने, गोडा उचाल्ने, कमर मर्काउने र मुन्टो निहुर्‍याउने गर्नुपर्छ । अनि नाच्नुपर्छ । फास्ट बिटको गीत बजे त्यसै अनुरूप आफ्नो गति बढाउनुपर्छ । यतिन्जेल एक घण्टा बितिसकेको हुन्छ । प्रशिक्षार्थीहरू पसिनाले भिजिसकेका हुन्छन् ।

‘गह्रौँ व्यायाम गर्दा शरीरलाई हानिहोला र खाना घटाउँदा कमजोरीले छोप्लाभनी सोच्ने हामीजस्तालाई जुम्बाडान्स ठिक रहेछ,’ कालिकानगरकी निरु बज्राचार्यले भनिन् ।
विश्व शारीरिक सुगठन प्रतियोगितामापदक विजेता ननिता महर्जनका अनुसार, जुम्बा डान्स महिलाका लागि ‘सफ्ट एक्सरसाइज’ हो । त्यसैले पुरुषकोतुलनामा यसमा महिलाको संख्या धेरै हुन्छ । ‘स्लिम बन्न चाहनेका लागि र जिम जान झन्झट मान्नेका लागि यो उपयुक्त छ,’उनले भनिन् ।

एरोबिक्स र फिटनेस धाउँदा वाक्क बनेकाका लागि पनि जुम्बाले मन तानेको छ । नाच्ने रुचि भएकाका लागि दोहोरो प्लेटफर्म हुनसक्छ । जुम्बा डान्स गरिरहेकी अमरपथकी मन्जु थापाले भनिन्, ‘नाच्न पनि जानिने शरीर पनि फिट हुने भएकाले यता लागें ।’

प्रकाशित : माघ २५, २०७५ ०९:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पानीका लागि जग्गा खरिद

एलिसा श्रेष्ठ

भोजपुर — दशकअघि दिङ्लाका घनश्याम, हेमराज, खिलराज र डुण्डी श्रेष्ठ दाजुभाइ मिलेर ८० हजार रुपैयाँमा षडानन्द नगर ८ तुङ्गेछाका पोष्टबहादुर चापागाईंको चार आना जग्गा किने । उनीहरूले उक्त जग्गा खेती गर्न र घरघडेरीका लागि किनेका होइनन् । किन्नैपर्ने कारण थियो, खानेपानीका लागि ।

मानेभन्ज्याङ अर्चलेबाट डोकोमा बोकेर पानी लैजाँदै स्थानीय । तस्बिर : एलिसा/कान्तिपुर

जग्गाधनीले आफ्नो मुहानको पानी लैजान जग्गै किन्नुपर्ने सर्त राखेपछि उनीहरूले चापागार्इंले मागेजति पैसा हाले । र, घरसम्म खानेपानी पाइप बिछ्याए । ‘गाउँ नजिकैका मुहान सुके, खानेपानी ल्याउन एकमात्र विकल्प त्यही जग्गा थियो,’ घनश्यामले सुनाए, ‘जग्गाधनीले त्यसै उपभोग गर्न दिन मानेनन् । किन्नुपर्ने भएपछि किनियो ।’

दिङ्ला बजारकै २२ घरधुरीले ३० लाख रुपैयाँमा बजारदेखि झन्डै एक किलोमिटर टाढा मुर्कुटेधाराका प्रेमनाथ चापागाईंको जग्गामा पर्ने मुहानका लागि १२ रोपनी जग्गा किने । गाउँमा खानेपानीको स्रोत नहुँदा वैकल्पिक उपायका लागि जग्गा किनेर प्रत्येकका घरमा धारा पुर्‍याइएको छ ।

खानेपानी मुहानका लागि अन्य पायक पर्ने स्रोत नभएपछि जग्गै किन्नुपरेको दिङ्ला बजारका पवन कुलुङले बताए । ‘खानेपानीका लागि हामीसँग कुनै विकल्प थिएन,’ कुलुङले भने, ‘जग्गाधनीसँग पानीका लागि जमिन किन्नुपर्ने बाध्यता थियो ।’

आसपासमा खानेपानी मुहान सुलभ नहुँदा दिङ्लाका धेरैजसोले यस्तो समस्या खेप्नुपरेको छ । कहिलेकाहीं मुहानमा आउने विभिन्न समस्याले पानी नआउँदा घन्टौं सार्वजनिक धारामा पालो कुर्नुपथ्र्यो । अझ आफ्ने पालो आउँदाट्यांकीमा पानी सकिएर रित्तै फर्कनुपर्ने अवस्था धेरै पटक भएको स्थानीय नारायण श्रेष्ठले सुनाए । उनीलगायत दिङ्ला बजारका चार परिवारले ४ वर्षअघि ४ लाख रुपैयाँमा २ रोपनी जग्गा किनेर ८ सय मिटर टाढाबाट खानेपानील्याएका छन् ।

दिङ्ला बजार क्षेत्रमा खानेपानी आपूर्तिका लागि केउरेनीपानी खानेपानी उपभोक्ता समितिले जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन भोजपुरको सहयोग र सहकार्यमा ०७३ सालदेखि नगरपालिकाको किमालुङ, खार्तम्छा र तुङ्गेछाको सीमामा पर्ने खहरे खोलाबाट खानेपानी ल्याउने योजना सुरु गरेको थियो । ०७६ भित्र खानेपानी मुहान, ट्याङ्की, पाइप जडान सक्ने लक्ष्यसाथ थालिएको योजनाका आवश्यक कच्चापदार्थ सबडिभिजनले व्यवस्थापन गरेको छ ।

केउरेनीपानी खानेपानी तथा सरसफाइ योजना समिति अध्यक्ष जितेन्द्र श्रेष्ठका अनुसार नगरपालिकाका करिब १५ सय परिवार लाभान्वित हुनेगरी ७० हजार लिटर क्षमताको ट्याङ्की बन्दै छ । यता नगरपालिकाले भने खानेपानीका लागि कुनै ठोस निर्णय गरेको छैन ।

नगरपालिकाले खानेपानीलाई प्राथमिकतामा राखे पनि भौतिक योजना निर्माणका लागि विस्तारै लैजाने नगरप्रमुख वीरबल राई बताउँछन् ।

प्रकाशित : माघ २५, २०७५ ०९:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT