१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालको गौरव!

Unknown

काठमाडौं – तपाई आफ्नो मासिक तलब आए पश्चात के गर्नु हुन्छ? आवश्यक खर्च अनि सञ्चय? साथी भाइसँग रमाइलो ? या आफ्नो अनि बालबच्चाको चाहाना पुरा ?
- सुन्दा अचम्म लाग्ला नेपाल कै एक युवक छन् जसले आफ्नै मासिक तलबको दममा आधा संसार घुमी सकेका छन्।

नेपालको गौरव!

महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए "हातको मैला सुनको थैला के गर्नु धनले" यहि पंक्तिलाइ आधार मानि आफ्नै तलबमा आधा विश्व घुम्ने नेपाली हुन् - गौरव फुयल। झापामा हुर्किएका फुयल हालै मोनरो लुइसियानामामा जैविक रसायन विज्ञानको अध्यन गरिरहेका छन्। उनि बिहान पख विश्वविध्यालयमा अध्ययन गर्छन भने दिउसो कलेजमा छात्र-छात्रालाई ट्युसन पढाउने गर्छन । र त्यहीँ बाट आएको पैसाले सप्ताहांतको बेला नयाँ-नयाँ ठाँउहरु भ्रमण गर्ने गर्छन। भनिन्छ नि बालबालिकामा गुण उसको माता, पिता या दुवैबाट आउछ, फुयलमा पनि नयाँ ठाँउहरु घुम्ने, त्यहाको खान-पान र संस्कृतिको बारेमा जान्ने, कामको बन्धनमा मात्र नबाँधिने गुण उनको पिताबाट आएको हो। उनका पिता पनि यस्ता क्रियाकलापहरुमा निकै सक्रिय छन्।

फुयलले हाल सम्म आधा अमेरिका, मेक्सिको र अन्य युरोपियन देशहरु घुमी सकेका छन् र अन्य देशहरु पनि घुम्ने तरखरमा छन्। "घर चिन्न घर छोड तर घर नबिर्स ।", देवकोटा को यो पंक्ति हामी सबैलाई याद नै होला। जति नै विदेश भने पनि आफ्नो मातृभूमि स्वर्ग सरह नै हुन्छ। फुयलले पनि विदेशका साथसाथै नेपालपनि भ्रमण गरेका छन्। उनले हाल सम्म नेपालको ७५ मा ७३ जिल्लाहरुमा आफ्नो झोला र क्यामेराका साथमा पाइला टेकिसकेका छन् भने भविस्यमा नेपाल फर्किए पछि बाँकि जिल्लामा भ्रमण गर्ने समेत सोचेका छन्।

यसै गरी गत विश्वकपमा भएको पोर्चुगल र ट्युनिशिया बीचको खेलमा उनको नेपालको झण्डा सहितको फोटो सामाजिक संजालमा भाइरल भएको थियो।

धेरैलाइ यसरि भ्रमण गर्नु अनावश्यक खर्च लाग्ला तर फुयल यसलाई खर्च भन्दा पनि आत्मसंतुष्टि भन्न रुचाउछन। उनी आफ्नो अनुभवबाट अरुमा पनि परिवर्तन र आत्मबल आउनका साथसाथै अरुले पनि नयाँ कुराहरु जानुन् र सिकुन् भन्ने चाहान्छन, त्यसैले उनले आफ्नो भ्रमण गरेका भिडियो हरु Nepal Ko Gaurav नामक युट्युब च्यानलमा समेत हाल्ने गरेका छन् र हालसम्म दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाईरहेका छन् । युट्युब च्यानल भनेपछि धेरैलाइ लाग्ला उनि आफुसंग धेरै उपकरणहरुहरु लिएर घुम्न जान्छन तर उनि आफ्नो साथमा एउटा झोला र गो-प्रो क्यामेरा मात्र लिएर भ्रमणका लागि जान्छन।

फुयलले त आफ्नो तनावपूर्ण जिवन बाट बिदा लिएर देश-विदेश घुमीरहेका छन्, तपाइँ कहिले घुम्ने त?

प्रकाशित : कार्तिक ९, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?