२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेलेब्रिटी हेयर स्टाइल

काठमाडौँ — सेलेब्रिटीहरू प्राय: आफ्नो हेयर स्टाइल र लुक परिवर्तन गरिरहन्छन् । केहीले दिनहुँजसो परिवर्तन गर्छन् भने केहीले वर्षदिनमा एक पटक नाटकीय रूपमा हेयर स्टाइल बदल्छन् ।

सेलेब्रिटी हेयर स्टाइल

अमेरिकी गायिका लेडी गागा चाहिँ हरेक वर्ष प्राय: आफ्नो बर्थ डेको अवसर पारेर हेयर स्टाइल बदल्छिन् । भनिन्छ, गागाले ट्राई नगरेको हेअर स्टायल र हेअर कट नै छैन ।


गत वर्ष गागाले ‘मिलियन रिजन्स’ गीत सार्वजनिक गर्दै कपाल खैरो र फिक्का रातो रंगले रंगाएकी थिइन् । यस वर्षचाहिँ उनले आफ्नो ३२ औं बर्थ
डेको अवसरमा आफ्नो कपाललाई सुनौलो रंग दिइन् । गागाले आफ्नो फेसबुक पेजमा सन् २००७ को पुरानो फोटो पोस्ट गर्दै अहिले कपाल सुनौलो बनाएको खुलाएकी हुन् ।


उनको कपालको प्राकृतिक रंग ब्रुनेट अर्थात् कालो छ । संगीत क्षेत्रमा प्रवेश गर्दाताका उनको कपाल कालो नै थियो र उनको स्टाइल पनि त्यति रुचाइएको थिएन । उनको लुक र हेयर स्टाइललाई लिएर धेरैले ठट्टा पनि गरे । तर, सन् २०१० देखि उनले हेयर स्टाइलमा आफ्नो ट्ेरडमार्क नै सेट गरेकी छन् । त्यसपछि उनले आफ्नो स्टाइललाई एकाएक उठाइन् । कपाल कहिले हरियो, कहिले रातो त कहिले विभिन्न कलर कम्बिनेसनका साथ देखिन थाले ।


अमेरिकी अभिनेत्री शेइलिन वुड्लीचाहिँ कपालको रंगको मामिलामा दोस्रो श्रेणीमा पर्छिन् । झन्डै चार वर्षपछि उनले ‘हयुज हेयर मुभ’ गरेकी छन् । सहायक अभिनेत्रीको भूमिकाबाटै थुप्रै प्रतिष्ठित अवार्ड सोमा नोमिनेट भएकी र केही हात पारेकी उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘एडरफ्ट’ यसै वर्ष जुन महिनामा प्रदर्शन हुँदै छ । तर, यति बेला उनको फिल्मको भन्दा पनि उनको कपालको कुरा बढी हुने गरेको छ ।
चार वर्षपछि उनले आफ्नो हेयर कटिङ र कलरमा आमूल परिवर्तन गरेकी हुन् । पहिले उननको कपाल छोटो र गोल्डेन रंगको थियो । तर अहिले उनले आफ्नो कपाल लामो बनाएकी छन् । यति मात्रै नभई उनले कपाल पूरै कालो पारेकी छन् । चार वर्षअघि उनले आफ्नो फिल्म ‘द फल्ट इन आवर स्टार्स’ का लागि कपाल छोटो बनाएकी थिइन्, जसको भिडियोसमेत सार्वजनिक भएको थियो । अमेरिकी मिडियाका अनुसार उनले त्यस बखत कपाल रंगाउनका लागि घण्टौँ सैलुनमा बिताएकी थिइन् ।


बेलायती गायिका, गीतकार, अभिनेत्री एवं फेसन डिजाइनर केल्ली अस्बुर्नेको इन्स्टाग्राम फलो गर्ने हो भने हरेक दिन फरक हेयर स्टाइल भएका उनका फोटाहरू देखिन्छन् । त्यसै गरी गायिका रिहाना, केटी पेरी, माइली साइरस, बियोन्से, डेमी लोभाटो, किम कार्दिसियन लगायत पनि आफ्नो हेयर स्टाइलमा एक्सपेरिमेन्ट गरिरहन्छन् ।


नेपालमा पनि कपाल रंगाउने प्रचलन निकै अघिदेखि छ । गायक राजेशपायल राई यो मामिलामा अग्रपंक्तिमा देखिन्छन् । नयाँ गीत आएपिच्छे उनी हेयर स्टाइल र कलरमा केही न केही फेरबदल गरिरहन्छन् । स्टेज सोमा पनि आफ्नो पर्फमेन्ससँगै स्टाइलमा उत्तिकै ध्यान दिन्छन् । उनको कपाल नौ वर्षदेखि सान्द्रा पुनले डिजाइन गर्दै आएकी छन् । उनैको सल्लाहअनुसार ६–६ महिनामा आफ्नो हेयर कलर र स्टाइल परिवर्तन गर्ने उनले बताए ।


‘यसले पर्फमेन्समा फाइदा पुग्छ भन्ने त लाग्दैन,’ उनले सुनाए, ‘तर हेयर कलर र स्टाइलहरूले स्टेजमा उभिँदा मेरो लुक्स राम्रो देख्छ । व्यक्तित्वमा नयाँपन आउँछ ।’ उनको हेयर स्टाइल र कलरचाहिँ कोरियन सेलेब्रिटीबाट इन्स्पायर्ड भएको मान्छन् । उनले भने, ‘म कोरियनजस्तै देखिन्छु । त्यसैले उनीहरूकै स्टाइल फलो गर्छु ।’

प्रकाशित : चैत्र २२, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?