१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मलाई मन पर्छ : सुनील थापा, अभिनेता

काठमाडौँ — ठाउँ : जोमसोम मन पर्छ । यो ठाउँ युनिक लाग्छ र स्वर्गको अनुभूति हुन्छ । 

मलाई मन पर्छ : सुनील थापा, अभिनेता

परिकार

जाउलो फेभरेट हो । त्योसँग गोलभेडाको अचार र दही मन पर्छ । जाडोमा चाहिँ खसीको खुट्टा र किमा मन पर्छ ।


पेय

ड्रिंक्समा भोड्का मन पर्छ ।


पुस्तक

पहिले पुस्तक पढ्थेँ । अहिले समय नभएकाले खासै पढ्दिनँ । तर पहिले पढेकोमा पाउलो कोहेलोको ‘द अलकेमिस्ट’ मन परेको थियो ।


लेखक

जेफ्री आर्चर, पाउलो कोहेलो, डेनियल स्टिललगायतको पुस्तक पढेको छु । त्यसमध्ये जेफ्री आर्चर नै मेरो फेभरेट हुन् ।


गीत

‘मोहनी लाग्ला है...’ गीत मन पर्छ ।


गायक/गायिका

स्वरसम्राट् नारायणगोपाल नै मन पर्छ । गायिकामा चाहिँ आशा भोस्ले ।


फिल्म

तुलसी घिमिरेको ‘दक्षिणा’ एकदमै मन परेको फिल्म हो । यो साँच्चै नै राम्रो लाग्छ ।

अभिनेता/अभिनेत्री

अभिनेत्रीमा जल शाह मन पर्छ । अहिले मेनुका प्रधान पनि राम्रो लाग्छ । पहिलेका अभिनेतामा अर्जुनजंग शाही मन पर्छ । अहिले कर्मा, सौगात मल्ल, दयाहाङ राई, विल्सनविक्रम राईलगायत मन पर्छन् ।


ग्याजेट

ग्याजेटमा त्यति टाइम वेस्ट गर्दिनँ । मोबाइलमा ग्रिन र रेड बटन थिच्छु, त्यति हो ।


प्रकाशित : माघ २८, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?