कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भर्जिन देउराली

जसरी देख्न सक्दिना हावालाई
मात्र बोध गर्न सक्छु

भर्जिन देउराली

जसरी छुन सक्दिना फूलको सुवासलाई

मात्र हरक लिन सक्छु

जसरी टिप्न सक्दिना इन्द्रेणीलाई

मात्र देख्न सक्छु

त्यसरी आउाछ तिम्रो सम्झना

जसरी कि छातीमा प्राण चलिरहेछ तलमाथि

जसरी कि मुटुमा धड्कन चलिरहेछ अविच्छिन्न

जसरी कि शिराहरुमा खुन बहिरहेछन् गतिशील


माया !

त्यसरी आउाछ तिम्रो झझल्को

कि इन्द्रेणी जोडिरहेछ आकाश–धरती

कि छाल जोडिरहेछ समुद्रको प्रेम किनारासाग

तिमी नहुादा हुने यो बेचैनी

आह ! कस्तो मिठो पीडा हुने रहेछ

तिमीलाई नदेख्दा एक कुइनेटो पनि

सिङ्गै जिन्दगी छेलियो झैं लाग्ने रहेछ पहाड पल्लापट्टि

सिङ्गै आयु अडियो झैं लाग्ने रहेछ आाखाको परेलीमा

तिमी नहुनु त रोकिनु रहेछ सृष्टि चक्र


मुन्धुम गीतको धुन अडिनु रहेछ सुम्निमाको आाखामा

अहो ! कहाा रोकिए हुन् हिँड्दा हिँड्दै तिम्रा पाइलाहरु

कहाा अल्मिलिए हुन् तिमीले पढ्दा पढ्दै कविताका हरफहरु ?

टक्क रोकेर ब्रह्माण्डको गतिमान

यो मध्यरात म तिम्रो पदचाप सुन्न पर्खिरहेछु

ओठमा बोकेर सेक्मुरी फूलको हरक

म हेरिरहेछु जूनसागै उकालिने तिम्रो बाटो

ईः हेर, बाटोभरि बिछ्याइएका छन् शीतका नरम पत्र

बित्यो बित्यो ! एक जुग बित्यो !

तिमीलाई पर्खिंदै फूल्दै झर्दै फेरि फुल्दै

यी जंगली फूलले कति कति आयु बिताइगए

तर पनि पर्खिनुको अपूर्व आनन्दले लट्ठ छु म

गाउादै आउनु सृष्टिको पहिलो गीत

बस् ! बिर्सिदिएर सृष्टिको गति

सेतो कुहिरोको पछ्यारीले छेलिएर

यो भर्जिन देउरालीमा

ओइलिनुअघिसम्म पर्खिरहेकी छ तिम्रो बाला मयजु ।।

प्रकाशित : असार ८, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×