कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

आगोको भोक

टहल दाहाल

युगौं युगदेखिको
मेरो अशान्त भोकले
अब आगो खाएर शान्त हुन चाहन्छ ।

आगोको भोक

हे ! भोकबासीका भोकहरु

आगो खाएर

कोइला ओकल्न अब तयार हौ ।


प्रिय प्रमिथस,

यतिबेला

तिमीले चोरेको आगो नचोरेर

तिमीबाट खोसेर

मेरो भोकले आगो चपाउन चाहन्छ ।


हज्जारौं वर्षदेखि,

हो हज्जारौं वर्षदेखि

समुद्र निलिइरहें

तर, मेरो तिर्खा मेट्न नसकेर

लाचार भइरह्यो समुद्र

हज्जारौं वर्षदेखि,

हो हज्जारौं वर्षदेखि

रोटीको पहाड भोजन गरिरहें

तर, मेरो भोकलाई शान्त बनाउन नसकेर

हैरान भइरह्यो रोटीको पहाड ।


हज्जारौं हजार वर्षहरुको गणितपछि

अब आगो पिएर प्यासलाई आराम गराउाछु ।

हजारौं लम्बेतान तिर्खाहरुको

यात्रापछि आगो पिएर

एकछिन थकान मार्नेछु ।


हे प्यासले अक्रान्त प्यासबासीहरु !

आगो पिएर

विद्रोह ओकल्न अब तयार हौ ।


के कोही सक्छ र आगो खान ?

अब तयार हौ ।


म सक्छु आगो पिउन

सजिलै आगोले कुल्ला गर्छु र जलाउाछु

अव्यवस्थाको यो जंगल

म भष्म पार्छु तिम्रो घमण्डको लंका

ढलाउाछु कलिला सातोहरुलाई

थुनेर राख्न एकात्मक पर्खालहरु ।


ओ प्रियजन,

अब उप्रान्त

आकाशबाट झरी बनेर बर्सनेछ आगो,

बर्सनेछ आगो

तिम्रो मस्तिष्कमा उम्रिएको दरबारमाथि

र, अँध्यारा बस्तिहरुमाथि

उज्यालोसहित हुनेछ अग्निवृष्टि ।


आगो हुनेछ, मान्छेको भोकको ओखती

त्यही ओखती बोकेर

आगोको राजमार्गमा दौडिन सिक

आगोमा पौडिन सिक

जित्नेछ सारा जिन्दगीले युद्धको कुरूक्षेत्र ।


यतिखेर म

गहिरो आगोको तलाउबाट

निस्केको छु

र, खरानी बनाउनेछु सत्ताको तोरीबारी

र, बनाउनेछु अनेकौं रङ्गीचङ्गी फूलबारी बगैंचाहरु ।


ओ मान्छे आऊ,

आगो खाएर तृप्त भएपछि

गन्तव्यको यो अन्तिम चौतारीमा बसी

कष्टकर आगो–यात्राको सुःखद

समीक्षा गरौं ।

प्रकाशित : असार ८, २०८१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×