२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सहरमा किताब

हालै बजारमा आएका ४ किताब :

सहरमा किताब

इन प्रेज अफ गुड बुकस्टोर्स

लेखक: जेफ ड्यूश, प्रकाशक: प्रिन्सटन युनिभर्सिटी प्रेस, मूल्य: ९०० रुपैयाँ

संसारभर नै परस्पर संवादको थलो हुने गर्छन्– पुस्तक पसलहरू । प्रविधिको चरम विकासले अहिले घर बसीबसी किताब मगाउन सकिन्छ । यसैले पाठकबीच विचार सटासाट गर्ने सार्वजनिक वृत्त खुम्चिँदै गइरहेको छ । अमेरिकाको सिकागोस्थित प्रख्यात पुस्तक पसलका सञ्चालक जेफ ड्यूशले पुस्तक बेच्दाको अनुभूतिसहित जीवन्त समाजका लागि पुस्तक पसलहरू किन आवश्यक छन् र यसको भविष्य कता जाँदै छ भन्ने विषयको सविस्तार वर्णन गरेका छन् यो किताबमा ।

इन्डिपेन्डेन्स: अ नबल

लेखक: चित्रा बनर्जी दिवाकरुणी, प्रकाशक: हार्पर कोलिन्स, मूल्य: ८५० रुपैयाँ

भारतको राजनीतिमा झैं साहित्यमा पनि सन् १९४७ को विभाजनले दूरगामी प्रभाव पारेको छ । इतिहासलाई महिलावादी कोणबाट व्याख्या गर्न रुचि राख्ने भारतीय मूलकी अमेरिकी आख्यानकार चित्रा बनर्जी दिवाकरुणीले सोही विभाजनलाई बंगालका तीन दिदीबहिनीको कोणबाट फेरि पाठकमाझ ल्याएकी छन् । भारतको स्वतन्त्रता आन्दोलन एउटा परिवारभित्र कसरी आइपुग्यो, त्यसले ती दिदीबहिनीको आकांक्षा, सपना र सम्बन्धमा कस्तो प्रभाव पार्‍यो भन्ने विषयवस्तुमा आधिरित यो आख्यानले अहिलेको विभाजित भारतीय समाजको पृष्ठभूमि बुझाउने प्रयत्न गरेको छ ।

सत्य हरण

लेखक: राजु अधिकारी, प्रकाशक: वी रिड, मूल्य: ६२५ रुपैयाँ

कुनै पुस्तकालयमा आगलागी हुन्छ, त्यसका लागि बनेको छानबिन समितिले दुर्घटना भन्छ, तर लाइब्रेरियनले जानीजानी घटना गराएको अदालतसामु स्विकार्छन् । मुद्दा झन् जटिल बन्दै जान्छ, के कति कारण, कसको प्रलोभनमा पुस्तकालय जलाइयो भन्ने घटना वरिपरि नै राजु अधिकारीले उपन्यास बुनेका छन् ।

प्रेम दिवस

लेखक: पशुपति पराजुली ‘सालघारी’, प्रकाशक: समकालीन साहित्य प्रतिष्ठान, बेलायत, मूल्य: ४०० रुपैयाँ

प्रेमजन्य अनुरागसँग सम्बन्धित गजलको यो संग्रह गत प्रम दिवसको उपलक्ष्यमा प्रकाशित भएको हो । यस किताबका १२२ गजलले जीवजगत्को दर्शन, प्रकृतिप्रेम, प्रेम र वीर रसलाई उजागर गर्न खोजेको छ ।

प्रकाशित : चैत्र ४, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?