१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

फूलको मूर्च्छना

अमृता स्मृति

कुदिरहेथें काँडाहरु टेक्दै
एउटा फूल आयो
फैलियो मेरो बाटामा
म सुस्तसुस्त हिँड्न थालेँ

फूलको मूर्च्छना

फूलको सुन्दरता नकुल्च्योस् यी पैतालाहरुले
महकता नहराओस् कतै
मुर्झाउनु नपरोस् जवान फूल
यस्तैयस्तै ठानेर शिरमा सिउरिएँ ।
हृदयले छामो
इज्जतका साथ जतन गरो
मायाले सम्हाल्दासम्हाल्दै
एक दिन, फ्यात्त भुँइमा खस्यो फूल ।
लाग्यो, उसको आयु यहीँसम्म रहेछ
लाग्यो, उसको महकता क्षणिक रहेछ
बिलाइगयो, सपना र रहरका तरङ्गित छालहरु

एक दिन देखें, त्यही फूललाई
डालीबाट चुँडिएपछि
प्रत्येकको हातहातमा खेलिरहेको रहेछ

खेलौना बनेको उसलाई, अर्को दिन देखें
महक बेचेपछि चोकचोकमा
रित्तिएर मूर्च्छित रहेछ
सोचो, झर्ना नभए पनि खोल्सी त हुनुपर्छ
फूलभित्र जिन्दगी कहीँ त हुनुपर्छ ।
सुन्न नसकेपछि फूलको क्रन्दन
टिपेर उसको मूर्च्छना
हृदयमा उनेँ एउटा माला
म त्यही अदृश्य धागो हुँ
जुन धागोमा उनिएपछि
तिमी सुन्दर माला भयौ !

प्रकाशित : आश्विन ८, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?