अखबार

राजेन्द्र शलभ

बिहानै आइपुग्छु
तिम्रो घरमा
चाहे तिमीले पसलबाट ल्याऊ
वा हकरले फालेर जाओस्
केही चाख मानेर
तर, धेरै दिक्क मानेर पढ्छौ
चियासँगै मेरा पानाहरु पल्टाएर
तिमी आफूलाई अपडेट बनाउँछौ
केही समाचार त श्रीमतीलाई पनि सुनाउँछौ ।

अखबार

...

पढिसकेर थन्क्याउँछौ एकातिर

अनि केही पोको पार्न

वा ऐना सफा गर्न निकाल्छौ

तैपनि उब्रिएँ भने

कुनै कबाडीलाई बेचेर

केही रूपैयाँ असुल्छौ मेरो नाममा ।

...

अचेल अनलाइन भन्ने

सौता भित्रिएकी छे मेरो संसारमा

मलाई हेप्न थालेका छन्, मान्छेहरु

नढाँटी भन त–

के अझै पनि तिमीलाई मन लाग्दैन

मलाई स्पर्श गर्न

र, एकफेर मात्र होइन

घरीघरी प्रयोग गरिरहन ?

प्रकाशित : श्रावण २१, २०७९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?