१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
फोटो कथा

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

महेश केसी

ठूली भेरी नदी छेउछाउ । यो मध्यअसारमा काँधमा भारी सरिया बोकेर झोलुंगे पुल तरिरहेकी छन्– डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ६ फुल्चिङकी अम्बिका चलाउने । खोला किनारसम्म आउने ट्रकले ल्याएको मालसामान झोलुंगे पुलबाट यसरी तार्नुलाई स्थानीय भाषामा ‘पल्टी’ भनिन्छ । भेरी करिडोरअन्तर्गत कुल १ सय १७ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक खण्डमा सवारी तर्ने पुल नहुँदा जाजरकोटको तल्लु बगर, डोल्पाको त्रिपुराकोटमा यसरी नै झोलुंगे पुलबाट सामान पल्टी गरिन्छ ।

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’
‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

पल्टी गराउनु सामानधनीलाई बाध्यता छ भने स्थानीयलाई अवसर । यी दुई ठाउँ आसपासका सर्वसाधारण दिनअनुसारको पालो लगाएर पल्टी गर्न भेरीछेउ पुग्छन् । आज एक गाउँको पालो छ भने भोलि अर्को गाउँको पालो आउँछ– पल्टी गर्ने  । ‘हाम्रो अरु रोजगारी छैन । यही पल्टी गरेर गुजारा चलेको छ,’ त्रिपुराकोटकी सपना सार्की भन्छिन्, ‘टोलअनुसारको पालो हुन्छ । पल्टीको पालो परेको दिन गाउँका प्रायः सबै घरबाट भारी बोक्न पुलछेउ पुग्छौं ।’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

डोल्पाबाट दैनिक उपभोग्य सामान ओसार्न नेपालगन्ज पुग्नैपर्छ । त्यहाँ पुग्न चारवटा सवारी फेर्नुपर्छ । भाडा मात्रै कम्तीमा ३५ सय खर्च हुन्छ । खान–बस्न कम्तीमा ५ देखि ६ हजार रूपैयाँ खर्चेर दुई दिनमा बल्लतल्ल नेपालगन्ज पुगिन्छ । जुफाल एयरपोर्टमा मुस्किलले सातामा ३–४ वटा उडान हुन्छन् । तर, जहाजको टिकट पाउन सर्वसाधारणका लागि उति सजिलो छैन । सामान्य अवस्थामा त दुःखजिलो दैनिकी चलेकै छ, तर आकस्मिक बिरामी पर्दा भने बडो कष्ट बेहोर्नुपर्छ । सपना सार्की भन्छिन्, ‘यहाँ जिन्दगी दुःखी छ । उडिजाऊँ जहाज पाउँदैन । गुडिजाऊँ एम्बुलेन्स आउँदैन ।’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

‘उडिजाऊँ जहाज पाउँदैन, गुडिजाऊँ एम्बुलेन्स आउँदैन’

प्रकाशित : असार ११, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?