२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बीपीको अप्रकाशित कविता

बीपी कोइराला

‘मसँग के भयो’ भन्ने कुराको सम्झनामा
बाँचिरहने भनेको विगत मात्र हो, र वर्तमान त्यसैको सम्झना हो ।
या, म भनूँ, बितेर गएको दिनको अनुभव हामी स्मृतिमा ल्याउँछौं
राति देख्ने सपनाहरूमा, जुन वर्तमान हो
तथ्य विगतको कुरा हो, वर्तमान भन्नु कल्पना हो
आजको रातले नै अस्तित्वको गद्य पल्टाउँछ
गद्य विगत हो, कविता वर्तमान हो
श्यामश्वेत रङमा खिचिएको वास्तविक तस्बिरको रङलाई
सम्झनाले पुनरूत्पादन गरिदिन्छ
स्वप्नदर्शी अलप होइदिनु हो भने वर्तमान नै अलप हुनेछ ।

बीपीको अप्रकाशित कविता

...

हामी दुईपल्ट बाँच्छौं

एकपल्ट हामी पाइतालामा बाँच्छौं

र फेरि घर्षणमा

हामी एकपल्ट गद्यमा बाँच्छौं

अनि फेरि कवितामा

हामी विगतमा बाँच्छौं

र पुनः वर्तमानमा ।

(प्रस्तुत कविता अनुसन्धानकर्ता पदमबहादुर थापाले जवाहरलाल नेहरु अनुसन्धान केन्द्र, नयाँदिल्लीबाट प्राप्त गरेका थिए । यसअघि नछापिएको (थापाका अनुसार) यो कविता शिखा बुक्सबाट प्रकाशोन्मुख किताब ‘बीपी कोइरालाको डायरी–३’ बाट लिइएको हो ।)

प्रकाशित : श्रावण २, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?