कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिउँ पग्लिनुअघि 

रेणुका भट्ट

अनुहारभरि 
फुसफुसाइरेको हिउँ 
हातले पुछ्दै 

हिउँ पग्लिनुअघि 

ऊ बेहिसाब उभिइरहेकी छे अझै पनि

जमेर टक्क रोकिएको

नदी किनाराको एक छेउमा


अब

यी बाटाहरुभरि

आउने/जाने पदचापहरुमा

सुनिएला/नसुनिएला

स्कुलबाट भागेर उसँगै

हिउँ खेल्न आउने उसको

बाल्यकालको प्रेमीको पदचाप

जसले हिउँको चिसै भए पनि

गुडिया बनाएर

तातो सासको बाफ फाल्दै

गुडिया देखाउँदै

भनेको थियो–

ठ्याक्कै बाह्र वर्षपछि

आजैको दिन

तिमीलाई लिन आउनेछु

हिउँले बुनेको

तिम्रो फेवरेट हिउँ–गाउन लिएर

हिउँ पग्लिनुअघि !

प्रकाशित : जेष्ठ २२, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?